मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

नीति तथा कार्यक्रममाथि एमालेकाे सचेत र लिडिङ रोल हुन्छ : ओली

शुक्रबार, २८ वैशाख २०८१, १३ : १९
शुक्रबार, २८ वैशाख २०८१

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सांसदहलाई सदनमा प्रभावकारी ढंगले प्रस्तुत हुन निर्देशन दिएका छन् । शुक्रबार बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सांसदहरुलाई संसद बैठकमा प्रभावकारी ढंगले प्रस्तुत हुन निर्देशन दिएका हुन् । 

शुक्रबारदेखि सुरु हुने संसद बैठकपछि जेठ १ गते सरकारको नीति तथा कार्यक्रम आउने उल्लेख गर्दै ओलीले सरकारको उक्त नीति तथा कार्यक्रममाथि पार्टीको सचेत र लिडिङ भूमिका हुनुपर्ने बताए ।  ‘नीति तथा कार्यक्रममाथि हाम्रो सचेत र लिडिङ भूमिका हुनुपर्छ’, ओलीले भने । 

पार्टी विकासका अभियानलाई अघि बढाउने पक्षमा रहेको भन्दै सामाजिक न्यायको पक्षमा पनि रहेको बताए । यही नीतिलाई केन्द्रमा राखेर संसदमा प्रस्तुत हुनुपर्ने धारणा राख्दै ओलीले समग्र पक्ष देशको हितमा हुनेगरी एमाले अघि बढ्ने धारणा राखे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप