नीति तथा कार्यक्रममाथि एमालेकाे सचेत र लिडिङ रोल हुन्छ : ओली
शुक्रबार, २८ वैशाख २०८१, १३ : १९
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सांसदहलाई सदनमा प्रभावकारी ढंगले प्रस्तुत हुन निर्देशन दिएका छन् । शुक्रबार बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सांसदहरुलाई संसद बैठकमा प्रभावकारी ढंगले प्रस्तुत हुन निर्देशन दिएका हुन् ।
शुक्रबारदेखि सुरु हुने संसद बैठकपछि जेठ १ गते सरकारको नीति तथा कार्यक्रम आउने उल्लेख गर्दै ओलीले सरकारको उक्त नीति तथा कार्यक्रममाथि पार्टीको सचेत र लिडिङ भूमिका हुनुपर्ने बताए । ‘नीति तथा कार्यक्रममाथि हाम्रो सचेत र लिडिङ भूमिका हुनुपर्छ’, ओलीले भने ।
पार्टी विकासका अभियानलाई अघि बढाउने पक्षमा रहेको भन्दै सामाजिक न्यायको पक्षमा पनि रहेको बताए । यही नीतिलाई केन्द्रमा राखेर संसदमा प्रस्तुत हुनुपर्ने धारणा राख्दै ओलीले समग्र पक्ष देशको हितमा हुनेगरी एमाले अघि बढ्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण