प्रदीप र दिव्याले सुरु गरे ‘एक्टर’
काठमाडौँ । फिल्म ‘एक्टर’को छायांकन सुरु भएको छ । शुक्रबार पोखराको विन्ध्वासिनी मन्दिरमा पूजा गर्दै फिल्मको छायांकन सुरु गरिएको हो ।
शुभसाइत अभिनेता प्रदीप खड्का र नव–नायिका दिव्या रायमाझी लगायतको उपस्थिति थियो । क्यामेरा पूजा गर्दै फिल्मको छायांकन सुरु गरिएको हो ।
राजन भुसालले निर्देशन गर्न लागेको फिल्ममा प्रदीप र दिव्याको अलवा आना शर्मा, राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौलालगायतका कलाकारको अभिनय रहने छ । फिल्मको केही दिन अगाडि भैंसीपाटीस्थित कार्यविनायक मन्दिरमा बौद्धिक विधि अनुसार पूजापाठ गरिएको थियो ।
फिल्मको छायांकन पोखरामा १० दिन गरिनेछ भने त्यसपछिको छायांकन काठमाडौँमा हुनेछ । थमन कुमारी भण्डारी निर्माता रहेको फिल्म अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा तयार हुन लागेको हो । नरेन्द्र मैनालीले छायांकन गर्ने फिल्मको लाइन प्रोड्यूसर तोरन क्षेत्री हुन् । फिल्मलाई आगामी कार्तिक १५ गते लक्ष्मीपूजाको दिनमा प्रदर्शन गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराई नजिक मनसुनको न्यून चापीय रेखा : तीन प्रदेशमा भारी वर्षाको चेतावनी
-
आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै
-
सोमबार कुन राशिको भाग्यको कस्तो ? हेर्नुहोस् राशिफल
-
कालोपत्रपछि बर्खायाममा सहज बन्यो दोर्दीको केन्द्र जोड्ने सडक
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण