राष्ट्रियसभा बैठक : डढेलो नियन्त्रणमा सक्रिय हुन आग्रह
शुक्रबार, २८ वैशाख २०८१, १५ : ०२
काठमाडौँ । राष्ट्रियसभाको शुक्रबारको बैठकमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता देवेन्द्र दाहालले देशका विभिन्न स्थानमा पछिल्लो समयमा भएको वनजङ्गलको डढेलो र आगलागी नियन्त्रणका लागि सरकारले सक्रियतापूर्वक काम गर्नुपर्ने माग गरेका छन् ।
सभाको बर्खे अधिवेशन तथा १६औँ अधिवेशन प्रारम्भ भएको अवसरमा दलका तर्फबाट मन्तव्य राख्दै नेता दाहालले आगलागीबाट प्रभावित भएकाहरूलाई क्षतिपूर्ति दिन पनि आग्रह गरे ।
फरक सन्दर्भमा उनले नेपालको परिमार्जित राजनीतिक नक्सालाई नोटमा समावेश गर्न लागिएका विषयमा अन्य देशको चासो छ भन्ने नाममा रोक्न आवश्यक नभएको धारणा राखे ।
नेता दाहालले सो विषयमा राष्ट्रपति रामचन्द्र पौडेलका एक सल्लाहकारले फरक मत सार्वजनिक हुनुलाई उचित नभएको टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण