वीरेन्द्रनगरमा २० वर्षीय युवक मृत भेटिए
सोमबार, ३१ वैशाख २०८१, १३ : १३
सुर्खेत। वीरेन्द्रनगरमा एक जना युवा मृत अवस्थामा फेला परेका छन्। जाजरकोट छेडागाड नगरपालिका– ३, घर भई हाल वीरेन्द्रनगर नगरपालिका– ६ पिपल चौतारा बस्दै आएका अन्दाजी २० वर्षका नवीन सिंह मृत भेटिएका हुन् ।
प्रहरीकाअनुसार डाँडा स्कुलभन्दा पछाडिको झाडीमा उनी झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । उनको परिवारले वीरेन्द्रनगरमा होटल संचालन गर्दै आएको छ। उनी घरबाट २८ गते बेलुका निस्केका थिए ।
उनको मृत्युको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महराले छाडे पार्टी
-
श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन अस्पतालको अनुगमन
-
उडान सुरक्षाको यथार्थ र प्राधिकरण विभाजनको राजनीतिक अर्थशास्त्र
-
बागमती खेलकुद: पुरुष क्रिकेटको उपाधि चितवनलाई
-
चूडामणि शर्माविरुद्धका दुई भ्रष्टाचार मुद्दामा विशेष अदालतद्वारा कागजात झिकाउने आदेश
-
सम्झौता उल्लङ्घन भए इरानमाथि फेरि कडा नाकाबन्दी लगाउँछौँ : अमेरिकी रक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण