ललितपुरमा २५ वर्षीय युवक मृत फेला
काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–९ स्थित लुभुमा २५ वर्षीय युवक मृत अवस्थामा फेला परेका छन् । आफ्नै घरको शौचालयमा अविरल केसी झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी तथा एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । पीडित परिवारले अविरलको मृत्यु शंकास्पद भएको दाबी गरेका छन् । अनुसन्धानको लागि मृतकको मोबाइल फरेन्सिक ल्याबमा पठाइने एसपी सुवेदीले बताए । उनले भने, ‘हामी प्रारम्भिक अनुसन्धानमा छौँ, पोष्टमार्टम रिपोर्ट र मोबाइलको फरेन्सिक जाँचपछि थप अनुसन्धान अघि बढाउँछौं ।’
अविरल र उनको पत्नीबिच राम्रो सम्बन्ध नरहेको बताइएको छ । २०८० माघ २७ मा पत्नीले उनीविरुद्ध वैवाहिक बलात्कार गरेको कसुरमा जाहेरी दिएकी थिइन् । प्रहरी वृत्त सातदोवाटोले उनलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।
सो मुद्दामा उनी २० हजार धरौटीमा छुटेका थिए । पीडित परिवारले प्रहरीमा किटानी जाहेरी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी काण्डबारे लेखा समितिमा उठ्यो प्रश्न
-
सुदूरपश्चिममा सत्तारुढ दल एमालेले नै बजेटविरूद्ध खर्च कटौती प्रस्ताव ल्याउने
-
लेखा समितिको आन्तरिक कार्यविधि परिमार्जनसहित पारित
-
संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा
-
झ्याप–झ्याप बत्ती जाने समस्या समाधान गर्न कार्यदल गठन
-
१५ वर्षदेखि अलपत्र कमला पुल, जोखिमपूर्ण यात्रा गर्न बाध्य सर्वसाधारण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण