मुलुकलाई बाह्य हस्तक्षेपबाट मुक्त गराउन पनि एमाले बलियो शक्ति बन्न जरुरी: पोखरेल
काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाललाई बाह्य हस्तक्षेपबाट मुक्त गराउन पनि एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउन आवश्यक रहेको बताएका छन् ।
नेपाल बाह्य हस्तक्षेपको सिकार भइरहेको उल्लेख गर्दै उनले बाह्य शक्तिको हेपाइबाट जोगिन पनि एमाले बलियो शक्तिको रूपमा उदाउन जरुरी रहेको बताए । वरिष्ठ उपाध्यक्ष मुलुकलाई बाह्य हस्तक्षेप हुन नदिन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व लिएको बेला काम गरेको समेत स्मरण गराए ।
राष्ट्रिय युवा सङ्घ नेपालले मङ्गलवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कहिल्यै पराधीन नभएको मुलुकको राष्ट्रिय स्वाधीनतालाई बचाई राख्न पनि एमाले बलियो शक्ति हुनुपर्ने भएकाले पार्टीको सो अभियान चलाएको पनि स्पष्ट पारे । वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीलाई बलियो राष्ट्रिय शक्तिमा बदल्ने गरी अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीका नेता, कार्यकर्ताहरूलाई भ्रष्टखालका कुनैपनि गतिविधिमा संलग्न नहुने पनि निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण