एमाले रुपन्देहीको अधिवेशन सर्यो
बुधबार, ०२ जेठ २०८१, १९ : १३

बुटवल । नेकपा एमाले रुपन्देहीको जिल्ला अधिवेशन सरेको छ । यसअघि जेठ १६ र १७ गते तय भएको जिल्ला अधिवेशन एमाले अध्यक्ष केपी शर्मा ओलीको समय नमिलेकाले जेठ २३ र २४ गतेका लागि सारिएको हो ।
एमाले रुपन्देही जिल्ला अध्यक्ष तेजेन्द्र केसीले पार्टीका अध्यक्षको समय नमिलेको र महिला भेलाको कार्यक्रम पनि जुधेकाले अधिवेशनको समय सारेको बताए । उनले अधिवेशनको मिति सरेकाले प्रतिनिधि छनौटको समय पनि सर्ने जनाए ।
एमाले रुपन्देहीमा नेतृत्वका लागि अहिलेका जिल्ला अध्यक्ष तेजेन्द्र केसी, सचिव यज्ञ गैरे, उपसचिवद्वय चित्रबहादुर कार्की र हितराज पन्थीले बलियो दाबेदारी पेस गर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली राजमार्ग चार दिन बन्द हुने
-
बाढीले निर्माणाधीन ‘एसियन हाइवे’का तीन डाइभर्सन बगायो
-
राजसंस्था पक्षधरहरूसँग सरकार डरायो : राजेन्द्र लिङ्देन
-
हात्तीको आक्रमणबाट ६६ वर्षीय पुरुषको मृत्यु
-
बालुवाटारतर्फ अघि बढ्यो राजावादीको र्याली, त्रिचन्द्र अगाडि धकेला धकेल, तस्बिरहरू
-
कोशी राजमार्गको धरान–धनकुटा सडक खण्ड सञ्चालन हुन केही समय लाग्ने