कर्णालीमा जेठ ११ गते बोलाइयो बजेट अधिवेशन
बुधबार, ०२ जेठ २०८१, १९ : ४४
सुर्खेत । कर्णाली प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गतेका लागि आह्वान गरिएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले बजेट अधिवेशन जेठ ११ गतेका लागि आह्वान गरेका हुन् ।
प्रदेश सभा सचिवालयका अनुसार दोस्रो कार्यकालको चौथो अधिवेशन ११ गते शुक्रवार दिउँसो ३ बजे बस्ने छ ।
प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधार (१) बमोजिम परियारले बैठकको आह्वान गरेका हुन् । यसअघि वैशाख १७ गते तेस्रो अधिवेशन अन्त्य भएको थियो । तेस्रो अधिवेशनमा जम्मा ११ वटा बैठक सबेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई छिमेकी मुलुकमा परराष्ट्रमन्त्री खनालको भ्रमण : के देखियो समानता ?
-
मन्त्री पुन भन्छन्– नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छ
-
कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुनः आवेदन खुला
-
खण्डहर देउवा निवासमा टाँसियो अख्तियारले आरजुलाई बयानमा बोलाएको पत्र, तस्बिरहरू
-
युद्धकालीन उच्चबिन्दुभन्दा ३५ डलर तल झर्यो तेल
-
आगामी मौद्रिक नीतिका लागि उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको १२ बुँदे सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण