गुल्मीमा बस दुर्घटना, सहचालकको मृत्यु
बिहीबार, ०३ जेठ २०८१, २२ : १४

गुल्मी । गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार पोखराबाट गुल्मी तम्घास आउँदै गरेको बस रिडीमा दुर्घटना हुँदा बसका सहचालक ४० वर्षीय युवराज कुँवरको मृत्यु भएको हो ।
कुँवरको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले बताए ।
जिल्लाको रुरु क्षेत्र गाउँपालिका–१ मक्वादीस्थित रिडी–तम्घास पक्की सडक खण्डमा लु १ ख ८१७५ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा १२ जना घाइते भएका छन् ।
घाइते सबैको पाल्पामा उपचार भइरहेको छ । बस सडकबाट अन्दाजी ५०–६० मिटर तल खसेको छ । बस चालक पनि गम्भीर घाइते भएका छन् । दुर्घटना के कारणले भयो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण हिमाल आरोहण हिरक महोत्सवअन्तर्गतका कार्यक्रम आजदेखि
-
देशव्यापी विपद् सूचक ‘सञ्जाल’ तयार पार्दै सशस्त्र प्रहरी बल
-
जुम्लाका किसानलाई मार्सी धान रोप्न भ्याइनभ्याइ
-
आन्दोलन प्रभावकारी हुँदै गएको राप्रपा बैठकको निष्कर्ष
-
निजी क्षेत्रको मनोबल उकास्ने खालको बजेट आएको छ : पूर्वअध्यक्ष अग्रवाल
-
कोशी प्रदेशका ४ जिल्लाका ७ स्थानमा सडक अवरुद्ध (सूची)