कर्णाली जडीबुटी र बहुमूल्य ढुङ्गाहरू बेचेर नै धनी बन्न सक्छ : मन्त्री अर्याल
सुर्खेत । नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले कर्णाली गरिब मात्र होइन अथाह सम्भावना भएको प्रदेशका रूपमा आफूले चिन्ने गरेको बताएका छन्। कर्णालीको जडीबुटी, बहुमूल्य ढुङ्गाहरू बेचेर नै धनी हुने सम्भावना रहेको उनको भनाई छ।
शनिबार वीरेन्द्रनगर आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, 'यो सम्भावना नै सम्भावनाको प्रदेश हो। कर्णालीलाई बनाउन सकिन्छ।' त्यसका लागि सबैले सकारात्मक कुराहरूमा धेरै ध्यान दिनुपर्ने अर्यालले बताए। तर कर्णालीबारे सधैँ नकारात्मक कुराहरू मात्र प्रचारमा आउने गरेको भन्दै सञ्चारकर्मीहरूले पनि सकारात्मक र सम्भावनाका कुराहरूलाई प्रचारमा ल्याउनुपर्नेमा जोड दिए ।
अर्यालले आफू ०७५ साल देखिनै कर्णाली बुझ्ने अवसर पाएको र कालिकोटको रास्कोटमा २५ बेटको अस्पताल बनाएको उल्लेख गरे । त्यहाँ अहिले सबै दिन सोलारबाट सेवा प्रदान गर्ने गरी व्यवस्थापन भएको उल्लेख उनले गरे ।
अर्यालले कार्यभार सम्हालेपछि हरेक दिनलाई केहि न केहि काम गर्नुपर्छ भनेर लागिरहेको बताए । 'हरेक दिन एक दिनु भनेर काम गरिरहेका छु ' उनले भने, 'श्रम रोजगारको विषयमा निकै गम्भीरता पूर्वक कामहरू भइरहेका छन् ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई छिमेकी मुलुकमा परराष्ट्रमन्त्री खनालको भ्रमण : के देखियो समानता ?
-
मन्त्री पुन भन्छन्– नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छ
-
कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुनः आवेदन खुला
-
खण्डहर देउवा निवासमा टाँसियो अख्तियारले आरजुलाई बयानमा बोलाएको पत्र, तस्बिरहरू
-
युद्धकालीन उच्चबिन्दुभन्दा ३५ डलर तल झर्यो तेल
-
आगामी मौद्रिक नीतिका लागि उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको १२ बुँदे सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण