सभापति लामिछानेमाथि लगाइएको आरोप १०० प्रतिशत निराधार हो : मन्त्री अर्याल
शनिबार, ०५ जेठ २०८१, १२ : ३४
सुर्खेत। नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले रवि लामिछानेमाथि लागेको आरोप निराधार रहेको दाबी गरेका छन् । रास्वपा उपसभापति समेत रहेका अर्यालले आफ्नो सभापतिमाथि उठेको आरोप १०० प्रतिशत निराधार रहेको बताए ।
शनिवार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘चार पाँच जनाले रजाइँ गरेको ठाउँमा नयाँ मान्छे आएपछि अनेक प्रश्न उठाइन्छ । अहिले त्यही भइरहेको हो । आफूले रजाइँ गरिरहेकाहरूलाई हामी आएका प्रति मन परिरहेको छैन।’
आफूहरू रूपान्तरणका लागि आएको तर अनेक तरिकाले हिलो छ्याप्ने काम भइरहेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । उनले भने, ‘हामीले सदनबाट जवाफ दिन्छौँ भन्दा मानिरहेका छैनन्।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई छिमेकी मुलुकमा परराष्ट्रमन्त्री खनालको भ्रमण : के देखियो समानता ?
-
मन्त्री पुन भन्छन्– नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छ
-
कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुनः आवेदन खुला
-
खण्डहर देउवा निवासमा टाँसियो अख्तियारले आरजुलाई बयानमा बोलाएको पत्र, तस्बिरहरू
-
युद्धकालीन उच्चबिन्दुभन्दा ३५ डलर तल झर्यो तेल
-
आगामी मौद्रिक नीतिका लागि उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको १२ बुँदे सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण