सिरोहिया प्रकरण : धनुषा अदालत अगाडि प्रहरी र नागरिक समाजका अगुवाबिच घम्साघम्सी
वीरगन्ज । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला सरकारी वकिलको कार्यालय धनुषामा लगिएको छ । सो क्रममा नागरिक समाज धनुषासहित सङ्घ संस्थाले सिरोहिया पक्राउको विरोधमा नाराबाजीसहितमा प्रदर्शन गरेका छन् ।
सिरोहियालाई पक्राउ गरेको विरोधमा नागरिक समाज धनुषाको ब्यानरमा उद्योग वाणिज्य सङ्घ र नेविसंघका कार्यकर्ता धनुषा अदालत अगाडि प्रदर्शन र नाराबाजी गरेका हुन् ।
राजनीतिक प्रतिशोध साधिएको भन्दै नाराबाजी र प्रदर्शन गर्दै प्रहरी घेरा तोड्न थालेपछि प्रहरीसँग विवाद भएको छ ।
सिरोहिया समर्थनमा आएको नागरिक समाजले सरकारविरुद्ध नाराबाजी गर्दै अदालत अगाडि जान खोज्दा प्रहरीले रोक्ने क्रममा घम्साघम्सी भएको हो ।
नेविसंघ कार्यकर्ताहरूले प्रदर्शन गर्दै प्रहरीको घेरा तोड्न खोजेपछि प्रहरीले रोक्दा घम्साघम्सी भएको प्रहरीले जानकारी दिएको छ ।
आज सरकारी वकिलको सोधपुछ बहस हुने अदालती प्रक्रिया रहेको जनाइएको छ । त्यसपछि म्याद थप गर्ने वा के गर्ने सन्दर्भमा निचोड आउने धनुषा प्रहरी प्रवक्ता रञ्जन अवाले जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोर्ड स्ट्रिम पाइपलाइन विस्फोट प्रकरण : युक्रेनी नागरिकविरुद्ध जर्मनीमा मुद्दा दायर
-
म्याग्दीको अलपत्र दरवाङ-निस्कोट सडकखण्ड पाँच वर्षपछि सम्पन्न
-
पहिलो हाफमा अमेरिकालाई अग्रता
-
‘निर्ममतापूर्वक योग्य फ्याकल्टी मात्र राख्छौँ, राजनीतिमुक्त स्वायत्तता नै हाम्रो शक्ति हो’
-
पाल्पामा डीएपीप्रति किसानको आकर्षण बढ्दो, युरियाको प्रयोग घट्दै
-
राष्ट्रिय सभा बैठक: नौ मन्त्रालयको बजेट शीर्षकमाथि छलफल हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण