पहिलो हाफमा अमेरिकालाई अग्रता
सारांश
- विश्वकप २०२८ को सह-आयोजक अमेरिकाले बोस्निया एन्ड हर्जगोभिना विरुद्धको खेलको पहिलो हाफमा १-० को अग्रता लिएको छ ।
- पहिलो हाफको अन्तिम समयमा फोलोरिन बालोगुनले गोल गर्दै अमेरिकालाई अग्रता दिलाए ।
- यो बालोगुनको प्रतियोगितामा तेस्रो गोल हो ।
सान फ्रान्सिस्को । विश्वकप २०२६ को सह-आयोजक अमेरिकाले नकआउट चरणमा आफ्नो बलियो उपस्थिति देखाउने लक्ष्यसहित बोस्निया एन्ड हर्जगोभिनाको सामना गर्दैछ।
सान फ्रान्सिस्को बे एरिया स्टेडियममा जारी खेलको पहिलो हाफमा अमेरिकाले १-० को अग्रता लिएको छ । पहिलो हाफको अन्तिमा समयमा फोलोरिन बालोगुनले गोल गर्दै टोलीलाई अग्रता दिएका हुन् ।
मलिक टिलम्यानले बालोगुनलाई बक्सको दायाँतर्फ पास उपलब्ध गराउने प्रयास गरेका थिए, तर बल चिप्लिँदै आएका डिफेन्डर र अर्का एक खेलाडीलाई लाग्दै डी-एरियाको बिच भागमा रहेका बालोगुनको अगाडि पुगेको थियो । बालोगुनले त्यसलाई गोलरक्षक निकोला भासिलीको मुनिबाट प्रहार गर्दै गोलमा परिणत गरे ।
प्रतियोगितामा उनको यो तेस्रो गोल हो र यससँगै पहिलो हाफ सकिनै लाग्दा अमेरिकाले बोस्नियाको कडा रक्षापंक्तिलाई तोड्दै सही समयमा अग्रता लिन सफल भएको थियो।
प्रशिक्षक मौरिसियो पोचेटिनोको नेतृत्वमा रहेको ऊर्जावान् अमेरिकी टोली समूह 'डी' को विजेता बन्दै यहाँसम्म आइपुगेको हो। अर्कोतर्फ, सर्गेज बारबारेजको कप्तानी र प्रशिक्षणमा रहेको बोस्निया एन्ड हर्जगोभिनाले उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोलीको रूपमा अन्तिम ३२ मा पुगेर पहिलो पटक इतिहास रचिसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक हजार ४२ जनामा डेंगु सङ्क्रमण पुष्टि, दुई जनाको मृत्यु
-
१० खेलाडीमा सीमित अमेरिका अन्तिम १६ मा
-
खुर्सानीखेतीमा होमिएका नवीन: वार्षिक २३ लाखको कारोबार, युवाहरूका लागि प्रेरणा
-
बालेन सरकारको ‘जान्नेलाई छान्ने’ तरिका गजबको रहेछ: शंकर पोखरेल
-
२ महिनाको रस्साकस्सीपछि चिया निर्यात निर्वाध
-
संगठनात्मक पुनर्संरचना गर्दै स्वास्थ्य मन्त्रालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण