घट्यो रासायनिक मलको आयात, कुन देशबाट कति आउँछ ?

काठमाडौँ । वैशाख मसान्तसम्मको अवधिमा विदेशबाट आयात हुने रासायनिक मलको परिणाम घटेको भन्सार विभागको तथ्याङ्कले जनाएको छ । चालू आर्थिक वर्ष २०८०/८१ को १० महिनाको तथ्यांकअनुसार रासायनिक मलको आयात परिणाम घटेको हो ।
यो १० महिनाको अवधिमा विदेशबाट २५ अर्ब ५६ करोड रुपैयाँ बराबरको रासायनिक मल भित्रिएको छ । जुन, गत आर्थिक वर्ष २०७९/८० को यही अवधिमा ३१ अर्ब ८७ करोड रुपैयाँको आयात भएको थियो । यो गत वर्षको तुलनामा ६ अर्ब ३१ करोडको गिरावट हो ।
नेपालमा आयात हुने रासायनिक मल लगायत अन्य प्रकारका मल १३ वटा देशबाट भित्रिने गरेका छन् । मुख्यगरी, भारत, चीन र गल्फ राष्ट्रबाट रासायनिक मलको आयात हुने गरेको छ । यस अवधिमा जनावर र खेतीमा प्रयोग हुने मल, युरिया, एनोमियम सल्फेट, सोडियम नाइट्रेट, पोटासियम लगायतका मल आएका छन् ।
तुर्किमिनिस्तानबाट १ अर्ब ११ करोडको युरिया आयात हुँदा साउदी अरेबियाबाट १ अर्ब ११ करोड रुपैयाँको नै युरिया भित्रिएको छ । यस्तै रुसबाट २ अर्ब ५५ करोडको युरिया, कतारबाट १ अर्ब ८९ करोडको र ओमानबाट ४ अर्ब ७० करोडको युरिया आयात भएको छ । यता चीनबाट २५ करोडको र ब्रुनाईबाट ३ अर्ब ४६ करोडको युरिया भित्रिएको तथ्याङ्क छ ।
यस्तै संयुक्त राज्य इमिरेट्सबाट ८३ लाख र भारतबाट ४२ लाखको युरिया आयात हुँदा जनावर र खेतीमा प्रयोग हुने अन्य रासायनिक मल भारतबाट ५ करोड १३ लाख रुपैयाँको आयात भएको छ । यस्तै टर्कीबाट १० करोडको युरिया र एमोनियम मिश्रित रासायनिक मल भित्रिएको तथ्याङ्क छ । क्यानडाबाट ३३ करोड ६४ लाखको पोटास र तुर्किमिनिस्तानबाट ४४ करोड १५ लाखको पोटास भित्रिएको छ ।
यसबाहेक नेपालमा इन्डोनेसिया, दक्षिण कोरिया, मोरोक्को, जापान र अमेरिका तथा जर्मनीबाट समेत विभिन्न प्रकारका रासायनिक मल आयात हुने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको आशा पूरा : बीपी राजमार्गलाई अनुदान दिन जाइका तयार
-
मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
स्थानीय र पश्चिमी वायुसँगै भारतबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव कायमै