सबै पालिकाहरूले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न आवश्यक : श्रममन्त्री अर्याल
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले काठमाडौँ महानगरपालिकाले आयोजना गरेको सीप मेलाको अवलोकन गरेका छन् । काठमाडौँ महानगरपालिकाले गत वैशाख १९ गते टुँडिखेल जारी रहेको सीप मेलाको बुधबार उनले अवलोकन गरेका हुन् ।
सीप मेलाको अवलोकनपछि सञ्चारकर्मीहरूसँग बोल्दै मन्त्री अर्यालले ७५३ स्थानीय तहहरूले आवश्यकता अनुसारका मेलाहरू आयोजना गर्नुपर्ने बताए । उनले ७५३ स्थानीय तहहरूले स्थानीय स्तरमा रोजगारी सिर्जना गरी रोजगारीको वातावरण बनाउँदै विदेश जाने लहरलाई रोक्ने प्रयास गर्न आवश्यक रहेको बताए । काठमाडौँ महानगरपालिकाले गरेको प्रयास प्रशंसायोग्य रहेको उनले बताए ।
मन्त्री अर्यालले मेयर बालेन शाहको चर्चा सीप मेलाले गर्दा मात्रै नभएको भन्दै निर्वाचन जितेर आएसँगै चर्चा भइरहेको बताए । उनले महानगरले नयाँ कामहरू गर्न खोजिरहेको र सबै स्थानीय तहले स्वदेशमा रोजगारी सिर्जना गर्ने विभिन्न कार्यक्रमहरू आयोजना गर्नुपर्ने बताए । उनले मन्त्रालयले सातै प्रदेशमा गर्न लागेको श्रमाधान मेला महानगरले गरेको सीपमेला भन्दा फरक मेला भएको बताए ।
मन्त्री अर्यालले मन्त्रालयले नेपालमा कति रोजगारदाता कम्पनीहरू छ र कति रोजगारीको खोजीमा रहेका छन् भनेर श्रमिक र रोजगारदातालाई जोड्ने पुलको काम गर्न लागेको बताए ।
मन्त्री अर्यालले संघीयतामा सरकारले गर्ने हरेक कामहरू प्रदेशसहित स्थानीय तहहरूमा पुग्न आवश्यक रहेको बताए । उनले महानगरले सीप सिकाएका श्रमिकहरूलाई श्रमाधान मेलामा रोजगारीको अवसर दिने वातावरण बन्नसक्ने पनि बताए । महानगरले २०८१ सालमा २ हजार ८१ जनालाई रोजगारी दिने उद्देश्यले सीप मेला गरिरहेको छ । मेलाको उद्देश्य शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई उत्पादनसँग जोड्ने गरी सीप नहुनेलाई सीपयुक्त बनाउने योजना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण