रमेश लेखक कांग्रेस कार्यसम्पादन समितिको सदस्यमा बढुवा
बुधबार, ०९ जेठ २०८१, २२ : ११
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकको कार्यसम्पादन समितिको सदस्यमा बढुवा भएको छ । बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवाको प्रस्तावमा उनलाई कार्यसम्पादन समितिमा मनोनीत गर्ने निर्णय भएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
‘नेपाली कांग्रेसका सभापतिले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २३ (२) बमोजिम नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकलाई केन्द्रीय कार्यसम्पादन समितिको सदस्यमा मनोनयन गर्न गर्नु भएको प्रस्ताव अनुमोदन गरिएको छ’, पौडेलले भने ।
लेखक हाल केन्द्रीय सदस्यका साथै प्रमुख सचेतक समेत रहेकामा अब भने पार्टीमा बढुवासहित थप भूमिका पाएका हुन् । लेखकको बढुवासँगै केन्द्रीय कार्यसम्पादन समितिमा ३७ जनाको प्रतिनिधित्व पुगेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण