आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय

रमेश लेखक कांग्रेस कार्यसम्पादन समितिको सदस्यमा बढुवा

बुधबार, ०९ जेठ २०८१, २२ : ११
बुधबार, ०९ जेठ २०८१

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकको कार्यसम्पादन समितिको सदस्यमा बढुवा भएको छ । बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवाको प्रस्तावमा उनलाई कार्यसम्पादन समितिमा मनोनीत गर्ने निर्णय भएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । 

‘नेपाली कांग्रेसका सभापतिले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २३ (२) बमोजिम नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकलाई केन्द्रीय कार्यसम्पादन समितिको सदस्यमा मनोनयन गर्न गर्नु भएको प्रस्ताव अनुमोदन गरिएको छ’, पौडेलले भने । 

लेखक हाल केन्द्रीय सदस्यका साथै प्रमुख सचेतक समेत रहेकामा अब भने पार्टीमा बढुवासहित थप भूमिका पाएका हुन् । लेखकको बढुवासँगै केन्द्रीय कार्यसम्पादन समितिमा ३७ जनाको प्रतिनिधित्व पुगेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप