राष्ट्रपति निर्वाचनमा निक्की हेलीले ट्रम्पलाई भोट दिने
वासिङ्टन डीसी । अमेरिकामा नोभेम्बर महिनामा राष्ट्रपति निर्वाचन हुँदैछ । सो निर्वाचनमा रिपब्लिकन दलबाट राष्ट्रपति पदका उम्मेदवार निक्की हेलीले सन् २०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पलाई भोट दिने बताएकी छन् ।
हेली मार्चको सुरुमा रिपब्लिकन पार्टीको राष्ट्रपति पदको उम्मेदवारीको दौडबाट बाहिरिएकी थिइन् । उनी यो दौडबाट बाहिरिएपछि ट्रम्पलाई समर्थन गरेकी थिइनन् । तर आफूले ट्रम्पका लाखौं समर्थकको विश्वास जित्ने प्रयास गर्ने उनको भनाई थियो ।
राष्ट्रपतिको रूपमा ट्रम्प ‘पर्फेक्ट’ नभएको तर राष्ट्रपति जो बाइडेन विनाशकारी राष्ट्रपति भएको बुधवार हेलीले बताएकी थिइन् । सुरुमा हेलीले ट्रम्पका लागि समस्या खडा गर्न सक्छिन् भन्ने सोचिएको थियो तर त्यसो भएन ।
बाइडेनले हेलीका समर्थकहरूको मन जित्ने प्रयास गरेका थिए । हेलीका समर्थकहरू उदारवादी र स्वतन्त्र मतदाताहरू हुन् । यो वर्गले डेमोक्रेटिक पार्टीको चुनावी परिणाम बदल्न सक्छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण