आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय

जान्हवी र ईशानको हातबाट खुस्कियो ‘धडक २’

बिहीबार, १० जेठ २०८१, १२ : ५३
बिहीबार, १० जेठ २०८१

मुम्बई । जान्हवी कपूर र ईशान खट्टरको फिल्म धडकको सिक्वेल बन्दैछ । यस फिल्ममा जान्हवी र ईशानको जोडी नबन्ने देखिएको छ । धडक–२ मा नयाँ जोडीको एन्ट्री हुँदैछ । अहिलेसम्म नयाँ जोडीको नाम रहस्यमै थियो । अब भने लिड जोडीको भूमिकामा देखिने अभिनेता र अभिनेत्रीको नाम सार्वजनिक गरिएको छ ।

बलिउड निर्देशक करण जौहरले धडकका लागि नयाँ अनुहार खोजेका थिए । धडक–२ मा पनि नयाँ जोडी देखिँंदैछन् । सञ्चार माध्यमहरूमा छापिएका खबरका अनुसार फिल्ममा सिद्धान्त चतुर्वेदी र तृप्ति डिमरीको जोडी देख्न पाइनेछ । धडक सन् २०१८ मा रिलिज भएको थियो । यस फिल्मबाट जान्हवी र ईशानले बलिउडमा डेब्यू गरेका थिए ।

यो फिल्मले दर्शकहरूको राम्रो प्रतिक्रिया पाएको थियो । आधिकारिक रूपमा धडक २ को घोषणा भइसकेको छैन । धडक २ मा काम भइरहेको बताइएको छ । तर मेकरहरूले फिल्मको टिजर तयार पारिसकेका छन् । टिजर सार्वजनिक गरेर फिल्मको औपचारिक घोषणा हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप