जान्हवी र ईशानको हातबाट खुस्कियो ‘धडक २’
मुम्बई । जान्हवी कपूर र ईशान खट्टरको फिल्म धडकको सिक्वेल बन्दैछ । यस फिल्ममा जान्हवी र ईशानको जोडी नबन्ने देखिएको छ । धडक–२ मा नयाँ जोडीको एन्ट्री हुँदैछ । अहिलेसम्म नयाँ जोडीको नाम रहस्यमै थियो । अब भने लिड जोडीको भूमिकामा देखिने अभिनेता र अभिनेत्रीको नाम सार्वजनिक गरिएको छ ।
बलिउड निर्देशक करण जौहरले धडकका लागि नयाँ अनुहार खोजेका थिए । धडक–२ मा पनि नयाँ जोडी देखिँंदैछन् । सञ्चार माध्यमहरूमा छापिएका खबरका अनुसार फिल्ममा सिद्धान्त चतुर्वेदी र तृप्ति डिमरीको जोडी देख्न पाइनेछ । धडक सन् २०१८ मा रिलिज भएको थियो । यस फिल्मबाट जान्हवी र ईशानले बलिउडमा डेब्यू गरेका थिए ।
यो फिल्मले दर्शकहरूको राम्रो प्रतिक्रिया पाएको थियो । आधिकारिक रूपमा धडक २ को घोषणा भइसकेको छैन । धडक २ मा काम भइरहेको बताइएको छ । तर मेकरहरूले फिल्मको टिजर तयार पारिसकेका छन् । टिजर सार्वजनिक गरेर फिल्मको औपचारिक घोषणा हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण