संसद्को गतिरोध अन्त्यका लागि एकीकृत समाजवादीले पहल गर्ने
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले संसद्को गतिरोध अन्त्यका लागि पहलकदमी लिने भएको छ । बिहीबार बसेको सो पार्टीको ८२ औँ सचिवालय बैठकले संसद्को गतिरोध अन्त्यका निम्ति पहल कदमी लिने निर्णय गरेको हो ।
त्यसका लागि प्रतिपक्षी दल नेपाली कांग्रेससहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृह मन्त्रीलगायत सरोकारवालासँग छलफल गर्ने निर्णय गरेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।
त्यस्तै बैठकले दसौँ महाधिवेशनमा पेश हुने पार्टीका दस्तावेज जेठ १५ गते ७७ वटै जिल्लामा पठाउने निर्णय पनि गरेको छ ।
एकीकृत समाजवादीले १० औँ राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० सम्म काठमाडौँमा गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।
यसैबिच महाधिवेशन तयारी समिति सचिवालयको प्रथम बैठक पनि बिहीबार नै बसेको छ । बैठकले खाद्य,आवास प्रचार, लगायत व्यवस्थापनका पक्षमा योजना निर्माणबारे छलफल गरेको छ । सचिवालयको अर्को बैठक जेठ १४ गते बस्ने सो पार्टीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण