आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय

वीरगञ्ज महानगरद्वारा पुँजीगत खर्चमा सामान्य सुधार

शुक्रबार, ११ जेठ २०८१, ०६ : ३७
शुक्रबार, ११ जेठ २०८१

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा चालु र पुँजीगत खर्च गरेर रु एक अर्ब ७४ करोड खर्च गरेको छ । गत आवको तुलनामा पुँजीगत खर्चमा सामान्य सुधार भएको छ । 

महानगरले चालु आवको १० महिनाको अवधिमा चालु र पुँजीगत गरेर कुल विनियोजित बजेटको ५२ दशमलव सात प्रतिशत खर्च भएको जनाएको छ । 
महानगरको गत पुसमा भएको नगरसभाले गत असारमा विनियोजित बजेटमा रु २५ करोड थपेर तीन अर्ब ४६ करोड पुर्याएको थियो । गत असारमा महानगरले चालु आवको लागि रु तीन अर्ब २१ करोडको बजेट सार्वजनिक गरेको थियो ।

महानगरले चालु आवको १० महिनाको अवधिमा चालु खर्चतर्फ रु दुई अर्ब ३८ करोड ५५ लाख बजेट विनियोजन गरेकामा यो अवधिमा चालु खर्चतर्फ रु एक अर्ब ३४ करोड खर्च गरेको छ । महानगरले चालु आवमा पुँजीगत खर्चतर्फ भने रु ८८ करोड ३९ लाख बजेट विनियोजन गरेकामा रु ३९ करोड २२ लाख खर्च गरेको जनाएको छ ।

“महानगरको गत पुसमा भएको नगरसभाले रु २५ करोड बजेट थप गर्ने निर्णय ग¥यौं तर यो आवमा अपेक्षाकृत रुपमा राजस्व सङ्कलन हुन सकेन,’’ वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले भने ,‘‘सङ्घीय तथा प्रदेश सरकारबाट आउने समानीकरण बजेट पनि २५ प्रतिशत  रोक्का हुँदा विकास निर्माणका काम प्रभावित भएका छन् । यद्यपि पुँजीगत खर्चमा सामान्य सुधार भएको छ । ’’ 

यसैबीच, वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु ३९ करोड ८० लाख ३४ हजार एक सय १९ रकम राजस्व सङ्कलन गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप