सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय

स्टारका फिल्म ‘फर्की फर्की’ र ‘पुजार सार्की’को कस्तो रह्यो ओपनिङ कलेक्सन?

शुक्रबार, ११ जेठ २०८१, ०७ : २७
शुक्रबार, ११ जेठ २०८१

काठमाडौँ । बुद्ध जयन्तीको अवसर पारेर बिहीबारदेखि एकसाथ प्रदर्शनमा आएका दुई फिल्म ‘फर्की फर्की’ र ‘पुजार सार्की’को सुरुवाती कलेक्शन सुखद रहेको छ  । प्रदर्शनको पहिलो दिन दुवै फिल्मले बिहानैदेखि हलमा दर्शकको साथ पाए । 

दुवै फिल्मका बिहान भन्दा दिउँसो र बेलुकाका धेरै शो हाउसफुल रहे । आज शुक्रबार बुकिङ राम्रो देखिएको छ । पछिल्लो समय लोकप्रिय स्टारहरू अनमोल केसी र प्रदीप खड्का युवा पुस्तामाझ लोकप्रिय रहेका छन् । तर हलमा भने सबै प्रकारका दर्शक देखिएका छन् । 

दुवै फिल्मका कलाकारहरू बिहानैदेखि काठमाडौँका विभिन्न हल–हलमा पुगेर दर्शकसँग खुसी साट्दै धन्यवाद समेत दिए । फिल्म ‘पूजार सार्की’ले प्रेस शो समेत आयोजना गरेको थियो ।

बिहीबार फिल्म ‘फर्की फर्की’ले देशभरनै राम्रो दर्शक पाएको बितरक गोबिन्द शाही बताउँछन् । उनले फिल्मले शुक्रबार र शनिबार अझै राम्रो ब्यवसाय गर्ने अनुमान गरेको सुनाए ।

‘पुजार सार्की’का वितरक रोहित कट्टेल पनि फिल्मले देशभरका हलमा राम्रो दर्शकको साथ पाएको बताए । उनी पनि शुक्रबार र शनिबार फिल्मले अझै धेरै दर्शक पाउने बताउँछन् ।

‘फर्की फर्की’ अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याललगायत कलाकारको मुख्य भूमिका रहेको छ । सुयोग गुरूङकोे लेखन एवं निर्देशन रहेको फिलम रोहित अधिकारी र ओमप्रकाश अग्रवाले निर्माण गरेका हुन् । ‘टाइम लुप’ कथामा बनेको फिल्ममा लभस्टोरी पनि छ । 

‘पूजार सार्की’ आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराईली, परीक्षा लिम्बू अभिनीत फिल्म हो । दिनेश राउत निर्देशित फिल्म विकास सुवेदीले लेखेका हुन् भने सुवास भुसालले निर्माण गरेका हुन् । फिल्म जातीय विभेदविरुद्ध समाजका तीन पात्रले गर्ने सङ्घर्ष कथामा बनेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप