टी–२० क्रिकेट : एक खेल अगावै अमेरिकालाई सिरिजको उपाधि

काठमाडौँ । आइसीसी टी–२० विश्वकप क्रिकेटको तयारीमा रहेको घरेलु टोली अमेरिकाले टेस्ट नेशन्स बंगलादेशविरुद्धको सिरिज जित्न सफल भएको छ । विश्वकप अघि खेलिएको तीन खेलको सिरिजमा लगातार दोस्रो जित दर्ता गर्दै एक खेल अगावै अमेरिकाले सिरिज जित्यो ।
बिहीबार राति ह्युस्टनको प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा भएको खेलमा अमेरिकाले ६ रनको जित निकालेको हो ।
बंगलादेशका कप्तान नजमुल हुसेन शान्तोले टस जितेर अमेरिकालाई पहिले ब्याटिङको निम्तो दिएका थिए । टस हारेर ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा ६ विकेट गुमाएर १४४ रन बनाएको थियो । तर लक्ष्यको जवाफमा बंगलादेश १३८ रनमा अलआउट भई ६ रनले पराजित भयो । सिरिजको पहिलो खेल पनि ५ विकेटले जितेको अमेरिकाले लगातार दुई खेल जितेर सिरिज कब्जा गरेको छ ।
पहिले ब्याटिङमा आएको आयोजक टोलीलाई ओपनरले राम्रो सुरुवात गराए । स्टिभन टेलर र कप्तान मोनांक पटेलले पहिलो विकेटका लागि ४४ रन जोडे । टेलरले ३१ रनको महत्त्वपूर्ण इनिङ खेले भने मोनांक पटेलले ४२ रनको महत्त्वपूर्ण योगदान दिए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका एन्ड्रिज गौस शून्य रनमा पभेलियन फर्किए भने अन्तिम खेलका नायक कोरी एन्डरसन ११ बनाउँदा हरमित सिंह भने खाता नखोली आउट भए । अमेरिकी टोलीलाई १४४ रनमा पु¥याउन आरोन जोन्सले ३ चौका र १ छक्का प्रहार गर्दै ३५ रनको इनिङ खेले ।
बंगलादेशका लागि शोरिफुल इस्लाम, मुस्ताफिजुर रहमान र रिशाद हुसेनले समान २–२ विकेट लिए । १४५ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशको सुरुवात निकै खराब रह्यो । ओपनर सौम्या सरकार पहिलो बलमै आउट भए भने तान्जिद हसन १९ रन बनाएर पभेलियन फर्किए । इनिङ्सको मध्यमा कप्तान शान्तोले ३६, तौहिद हरिदोयले २५ र शकिब अल हसनले ३० रन बनाए पनि त्यसपछि लगातार विकेट पतन हुँदा पुरै टोली १३८ रनमा समेटिएको भयो ।
अमेरिकाका लागि अली खानले सर्वाधिक ३ विकेट लिए भने सौरभ नेत्रवलकर र शाडले भानले २–२ विकेट लिए । जसदीप सिंह र कोरी एन्डरसनले पनि १–१ सफलता हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान–इजरायल द्वन्द्वमा अमेरिका सामेल हुनसक्छ : ट्रम्प
-
अहमदावाद विमान दुर्घटना : दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो
-
झाडापखाला, ज्वरो र सर्पदंशले भरिए अस्पतालका आकस्मिक कक्ष
-
कोशी प्रदेशः बजेट वक्तव्यमा दुई थरी दाबी, कुन पत्याउने ?
-
बागमती प्रदेशका कुन मन्त्रालयले कति बजेट पाए ?
-
सुदूरपश्चिम प्रदेश सरकारको ३३ अर्ब ४७ करोडको बजेटमा के–के विषय समेटिए ?