बजेटको अस्तित्वमाथि प्रश्न उठ्ने गरी ल्याउन हुँदैन : पूर्वअर्थमन्त्री पौडेल
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट सुरुकै दिनमा बजेटको अस्तित्वमाथि प्रश्नचिन्ह उठ्ने गरी ल्याउन नहुने बताएका छन् । शुक्रबार नेपाल बुद्धिजीवी परिषद्ले आर्थिक वर्ष २०८१÷०८२ को बजेटको कार्यदिशा बारेको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
पूर्वअर्थमन्त्री पौडेलले सरकारले ल्याउने बजेट सुरुकै दिनमा बजेट कार्यान्वयनमा चुनौती रहेको सन्देश दिनेगरी ल्याउन नहुने बताए । उनले सरकारले बजेटको आकार मुलुकको अर्थतन्त्रको वास्तविकता र लिमिट क्रस गर्न नहुने उल्लेख गरे । उनले १७ देखि २० खर्बको आकारमा बजेट ल्याउने सुनिएको भन्दै सरकारले असिमित ढङ्गले ठुलो आकारको बजेट बनाउन नहुने सुझाव दिए । उनले बजेट राजश्व, अन्तर्राष्ट्रिय ऋण र आन्तरिक ऋण परिचालनको आधारलाई नहेरी बजेटको आकार वृद्धि गर्ने छुट नभएको बताए । उनले माग बढी भएकाले ठुलो आकारको बजेट बनाउने अवस्था नभएको उल्लेख गरे ।
पूर्वअर्थमन्त्री पौडेलले सरकारले १७ खर्ब भन्दा माथिको बजेट जान नहुनेमा जोड दिए । उनले आगामी आर्थिक वर्षको बजेट मनोगत आकांक्षामा बजेट बन्न नसक्ने दाबी गरे । उनले मुलुकको वस्तुगत र आर्थिक अवस्थालाई हेरी आर्थिक अवस्थाको सापेक्षतामा सरकारले बजेट निर्माण गर्ने उल्लेख गरे । उनले १६ औं योजना, दिगो विकास लक्ष्य, अल्पविकसित मुलुकबाट विकाउन्मुख देशमा स्तरउन्नती हुँदाका अवसर र चुनौतीको आधारका साथै सरकारमा सहभागी भएका राजनीतिक दलहरूको नीतिगत प्राथमिकता र साझा सङ्कल्पका आधारमा बजेट आउनमा जोड दिए । उनले मुख्यतया बजेट निर्माणको आधारसरकारको नीति तथा कार्यक्रम भएको पनि उल्लेख गरे ।
पूर्वअर्थमन्त्री पौडेलले मुलुकको स्रोत, साधन र सम्भावनाहरुको सापेक्षतामा बजेट निर्माण गरिने जानकारी दिए । मानिसहरुका सुन्दर चाहानाहरू बजेट बन्न नसक्ने भन्दै सुन्दर चाहानालाई परिस्थितिको सीमाभित्र रहेर कार्यान्वयन गर्दै अगाडि बढ्नुपर्ने अवस्था रहेको पूर्वअर्थमन्त्री पौडेलले भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण