बजेटको अस्तित्वमाथि प्रश्न उठ्ने गरी ल्याउन हुँदैन : पूर्वअर्थमन्त्री पौडेल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट सुरुकै दिनमा बजेटको अस्तित्वमाथि प्रश्नचिन्ह उठ्ने गरी ल्याउन नहुने बताएका छन् । शुक्रबार नेपाल बुद्धिजीवी परिषद्ले आर्थिक वर्ष २०८१÷०८२ को बजेटको कार्यदिशा बारेको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
पूर्वअर्थमन्त्री पौडेलले सरकारले ल्याउने बजेट सुरुकै दिनमा बजेट कार्यान्वयनमा चुनौती रहेको सन्देश दिनेगरी ल्याउन नहुने बताए । उनले सरकारले बजेटको आकार मुलुकको अर्थतन्त्रको वास्तविकता र लिमिट क्रस गर्न नहुने उल्लेख गरे । उनले १७ देखि २० खर्बको आकारमा बजेट ल्याउने सुनिएको भन्दै सरकारले असिमित ढङ्गले ठुलो आकारको बजेट बनाउन नहुने सुझाव दिए । उनले बजेट राजश्व, अन्तर्राष्ट्रिय ऋण र आन्तरिक ऋण परिचालनको आधारलाई नहेरी बजेटको आकार वृद्धि गर्ने छुट नभएको बताए । उनले माग बढी भएकाले ठुलो आकारको बजेट बनाउने अवस्था नभएको उल्लेख गरे ।
पूर्वअर्थमन्त्री पौडेलले सरकारले १७ खर्ब भन्दा माथिको बजेट जान नहुनेमा जोड दिए । उनले आगामी आर्थिक वर्षको बजेट मनोगत आकांक्षामा बजेट बन्न नसक्ने दाबी गरे । उनले मुलुकको वस्तुगत र आर्थिक अवस्थालाई हेरी आर्थिक अवस्थाको सापेक्षतामा सरकारले बजेट निर्माण गर्ने उल्लेख गरे । उनले १६ औं योजना, दिगो विकास लक्ष्य, अल्पविकसित मुलुकबाट विकाउन्मुख देशमा स्तरउन्नती हुँदाका अवसर र चुनौतीको आधारका साथै सरकारमा सहभागी भएका राजनीतिक दलहरूको नीतिगत प्राथमिकता र साझा सङ्कल्पका आधारमा बजेट आउनमा जोड दिए । उनले मुख्यतया बजेट निर्माणको आधारसरकारको नीति तथा कार्यक्रम भएको पनि उल्लेख गरे ।
पूर्वअर्थमन्त्री पौडेलले मुलुकको स्रोत, साधन र सम्भावनाहरुको सापेक्षतामा बजेट निर्माण गरिने जानकारी दिए । मानिसहरुका सुन्दर चाहानाहरू बजेट बन्न नसक्ने भन्दै सुन्दर चाहानालाई परिस्थितिको सीमाभित्र रहेर कार्यान्वयन गर्दै अगाडि बढ्नुपर्ने अवस्था रहेको पूर्वअर्थमन्त्री पौडेलले भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीको राजीनामाबारे प्रतिपक्ष दलभित्रै मतभेद
-
पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमणमा चिनियाँ पक्षले के–कस्ता चासो राखे ?
-
जिल्ला प्रहरी परिसर काठमाडौँबाटै समातिए सांसद दिपक सिंह
-
सुनकोशी मरिन डाइभर्सन परियोजना समयमा नसकिए ठेक्का तोडिनेछ : प्रधानमन्त्री
-
कविता राई गाउँलेको कविता सङ्ग्रह ‘फाटकको घाम’ सार्वजनिक
-
चितवनमा टिप्पर दुर्घटना, घाइते चालककाे उद्धार