ट्राफिक प्रहरीको लापसे चेकिङ : ४ जना चालक नियन्त्रणमा
लागुपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउँदै गरेका ४ जना चालकहरुलाई शुक्रबार ट्राफिक प्रहरीले भक्तपुरको जगातीबाट नियन्त्रणमा लिएको छ ।
बा४ख ९३९६ नम्बरका बस चालक सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका २ का ३२ वर्षीय पेमा घेम्सो लामा, बा ५ ख ४० २७ नम्बरका हाइस चालक सिरहाको सिरहा नगरपालिका ६ का २६ वर्षीय देव यादव, बा १ ज ६१ ७४ नम्बरका सुमो चालक उदयपुरका २८ वर्षीय शिव शंखर चौधरी र बा २ ज २३ नम्बरका ट्याक्सी चालक काठमाडौंको बानेश्वर बस्ने ३५ वर्षीय जीवन गिरीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरी अस्पतालको प्राविधिक सहयोगमा निरन्तर रुपमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको संयुक्त टोलीले उपत्यकाका विभिन्न स्थानमा सवारी साधनका चालकहरूले नशालु पदार्थ सेवन गरे/नगरेको चेक गर्दै आएको छ । जगातीमा आज २५ वटा सवारी साधनलाई चेक गर्दा ४ ओटा सवारी साधनका चालकले भने लागुपदार्थ सेवन गरेको पाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार कुन-कुन राशिलाई मिल्ला लाभ ? हेर्नुहोस् राशिफल
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण