बार्सिलोनाद्वारा महिला च्याम्पियन्स लिगको उपाधि रक्षा
आइतबार, १३ जेठ २०८१, ०९ : २१
बिल्बाओ । साबिक विजेता बार्सिलोनाले आठ पटकको विजेता लियोनलाई हराउँदै महिला च्याम्पियन्स लिगको उपाधि रक्षा रहेको छ । शनिबार भएको खेलमा बार्सिलोना २–० गोलले विजयी बन्यो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफको ६३ औँ मिनेटमा ऐटाना बोनमाटीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाइन् । इन्जुरी समयमा एलेक्सिया पुटेलासले अर्को गोल थप्दै टोलीको जित सुनिश्चित गरेकी थिइन् ।
बार्साले लियोनलाई हराएको यो पहिलो अवसर हो । योसँगै टोलीले सन् २०२२ को फाइनलमा बेहोरेको हारको बदला पनि लिन सफल भएको छ ।
महिला च्याम्प्यिन्स लिग तीन पटक जित्ने बार्सिलोना मात्र तेस्रो टोली हो । यो सिजन टोली ऐतिहासिक चारवटा उपाधि पनि हात पार्न सफल बन्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण