आर्थिक सर्वेक्षण : फागुनसम्म २ लाख ६८ हजार ७ सय मेट्रिक टन मल आयात
काठमाडौँ । चालु आर्थिक वर्षको फागुनसम्म कुल २ लाख ६८ हजार ७ सय मेट्रिक टन मल आयात भएको छ ।
गत आर्थिक वर्षको मौज्दात समेत गरी चालु आर्थिक वर्षको फागुनसम्म २ लाख ७० हजार ६ सय मेट्रिक टन मल अनुदानमा बिक्री वितरण गरिएको सरकारले आर्थिक सर्वेक्षण २०८०/८१ मा उल्लेख गरेको छ ।
गत आर्थिक वर्षको फागुनसम्म २ लाख ३२ हजार ८६ मेट्रिक टन रासायनिक मल आयात भएको थियो भने मौज्दात समेत गरी १ लाख ७८ हजार ३२ मेट्रिक टन बिक्री वितरण गरिएको थियो ।
चालु आर्थिक वर्षका लागि रासायनिक मलको कुल माग ६ लाख मेट्रिक टन रहेको छ जसमध्ये युरिया ३ लाख ६० हजार, डिएपी २ लाख २० हजार र पोटास २० हजार मेट्रिक टन छ ।
गत आर्थिक वर्ष २०७९/८० रासायनिक मलको कुल माग ५ लाख २० हजार मेट्रिक टन रहेकोमा आर्थिक वर्षको अन्त्यसम्म ४ लाख ७ हजार ३ सय मेट्रिक टन मल आयात भई ३ लाख ४२ हजार ७ सय मेट्रिक टन मल अनुदानमा बिक्री वितरण भएको थियो ।
चालु आर्थिक वर्षको फागुनसम्म माग अनुसारको २ लाख ७० हजार ६ सय मेट्रिक टन मल बिक्री वितरण भएको छ । हाल कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडमा कुल ८१ हजार मेट्रिक टन मल मौज्दात रहेको उल्लेख छ ।
अनुदानमा वितरण हुने रासायनिक मलको वितरण प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउन मल वितरक कम्पनीहरू मार्फत मलखाद व्यवस्थापन वितरण प्रणालीसम्वन्धी सफ्टवेयर कार्यान्वयनमा ल्याइएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण