सेनाको जासुसी गर्ने भूउपग्रह लन्च गर्दै उत्तर कोरिया
प्योङयाङ । उत्तर कोरियाले सेनाको जासुसी गर्ने भूउपग्रह लन्च गर्न लागेको छ । छिटोमा आगामी हप्ता सो भूउपग्रह लन्च गरिने जानकारी उसले जापानलाई दिएको छ ।
यो उत्तर कोरियाको दोस्रो सैन्य जासुस भूउपग्रह हुनेछ । दक्षिण कोरिया, जापान र चीनका नेताहरू सोलमा पहिलो त्रिपक्षीय बैठकका लागि भेट्दै गर्दा सो जानकारी आएको हो । उत्तर कोरियाले सेटलाइट रकेटको लन्चबारे जापानको तटीय सुरक्षा (कोष्ट गार्ड)लाई जानकारी दिएको छ ।
जापानको कोष्ट गार्डले समुद्री सुरक्षा जानकारी पूर्वी एसियामा समन्वय र प्रसार गर्ने भएकोले उत्तर कोरियाले जापानलाई प्रक्षेपणबारे जानकारी दिएको हो । अन्तरिक्षबाट निगरानी सञ्चालन बनाउन गएको नोभेम्बरमा उत्तर कोरियाले आफ्नो पहिलो सैन्य जासुस भूउपग्रह प्रक्षेपण गरेको थियो ।
सो भूउपग्रह प्रक्षेपणपछि कोरियाली प्रायद्विपमा तनाव बढेको थियो । संयुक्त राष्ट्र सङ्घले उत्तर कोरियालाई कुनै पनि प्रकारका भूउपग्रह प्रक्षेपणमा बन्देज लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण