गोर्खा कपको मेन र भेटेरान दुवै उपाधि ब्रिगेड ब्वाइज क्लबलाई (फोटो फिचर)
लन्डन । बेलायतमा आइतबार सम्पन्न गोर्खा कपको २२ औँ संस्करणको उपाधि ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ले हात पारेको छ । मेन र भेटेरान दुवै विधामा ब्रिगेड ब्वाइज क्लब च्याम्पियन बनेको हो । मेनतर्फ बीबीसीले वाटरमेलन क्लबलाई १(० ले र भेटेरानतर्फ बीबीसीले धरान ११ लाई २–० ले पराजित गरेको थियो ।
यसैगरी महिलातर्फ रनडरबोल्ट एफसी विजेता बन्यो । दुई टीम मात्रै सहभागी महिलामा भने रनडरबोल्ट एफसीले ‘म खेल्छु एफसी’ लाई १–० ले हरायो ।
अल्डरसटको क्वीन्स एभिन्यूमा मेन, भेटेरान र महिला विधामा छुट्टाछुट्टै प्रतिस्पर्धा गराइएको थियो । बेलायती नेपाली समुदायकै सबैभन्दा ठुलो फुटबल प्रतियोगिता गोर्खा कप हेर्न बेलायतका विभिन्न स्थानबाट १४ हजार भन्दा बढी मानिसहरुको सहभागिता रहेको आयोजक तमुधिं यूकेले जनाएको छ । गोर्खाकपमा यस वर्ष वेल्स, स्कटल्याण्ड, नर्दन आयरल्याण्ड र नेदरल्याण्डबाट समेत टीमहरु सहभागी भएका थिए ।
विजेतालाई मुख्य विधामा ३ हजार पाउण्ड, भेटेरानमा १ हजार पाँच सय र महिलामा ६ सय पाउण्ड नगदसहित ट्रफी प्रदान गरियो । उपविजेताले भने मुख्य, भेटेरान र महिला विधामा क्रमशः १ हजार ८ सय, १ हजार र ४ सय पाउण्ड नगद र ट्रफी प्राप्त गरे ।
प्रमुख अतिथि रश्मोर बरोकी मेयर मारा माकुनारा, लन्डन दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, स्थानीय बेलायती सांसद लियो डोकेर्टी, तमुधिं यूके अध्यक्ष हरि गुरुङलगायतले विजेताहरुलाई पुरस्कार वितरण गरेका थिए ।
_vCxQRFXBYA.jpg)
विगतमा विशेष आकर्षकको रूपमा रहेको पारासुट जम्प र ठेलो खेलले भने योपटक स्थान पाएन ।फुटबल खेलकासाथै धौलागिरी नौमती बाजा, सयपत्री कल्चरल ग्रुपसहित नेपालबाट आएका केही कलाकारसमेतले विविध सांस्कृतिक प्रस्तुति दिएर मनोरंजन दिलाएका थिए ।
कार्यक्रमस्थलमा नेपाली खाना, नेपाली सामग्रीहरुका साथै विभिन्न व्यापारिक र च्यारिटी गरी झण्डै पांच दर्जन स्टल राखिएका थिए ।
युवाहरूमा लागू औषध र मदिराको कुलत न्यूनीकरण, स्थानीय समुदायसँग अन्तरघुलन, कोष अभिवृद्धिलगायत उद्देश्यले संचालन गरिँदै आएको गोर्खा कप सम्पूर्ण नेपालीहरूको साझा कार्यक्रमको रूपमा स्थापित गरिएको आयोजक संस्था तमुधिं यूकेका अध्यक्ष हरि गुरुङले बताए । संस्थाले नेपाल, बेलायतलगायत विश्वभरमा नै सहयोग गर्दै आएको छ ।


_TQQYnU697P.jpg)
_jVu6U4jy2t.jpg)
_XmlfpiRH49.jpg)
_VLkZl9hCjd.jpg)
_O9nr1extTU.jpg)
_wwuuugnFmb.jpg)
_kUZDgxd1dR.jpg)
_hMLsJ6Tc1U.jpg)
_e6S0jhwSlk.jpg)
_0CUQpWhasp.jpg)
_v2arvPzHpB.jpg)
_wrm122Rmmj.jpg)
_qIIM65j98h.jpg)
_QJkFgYi91n.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण