रफाहमा इजरायली बमबारीबारे ओआईसीले दियो यस्तो प्रतिक्रिया
तेल अभिभ । इस्लामिक देशहरूको संगठन (ओआईसी)ले राफाहमा इजरायलले गरेको हवाई हमलाको कडा निन्दा गरेको छ । यसलाई प्यालेस्टिनी नागरिकहरू विरुद्ध इजरायली सेनाले गरेको जघन्य नरसंहारको संज्ञा दिइएको छ । यस हमलामा कम्तीमा ४५ जनाको ज्यान गएको थियो भने दर्जनौं घाइते भएका थिए । तीमध्ये अधिकांश महिला र बालबालिका थिए ।
इस्लामिक सहयोग संगठन (ओआईसी)ले इजरायलको आक्रमणलाई ‘युद्ध अपराध, मानवता विरुद्धको अपराध र राज्यद्वारा प्रायोजित आतंकवाद’ भनेको छ । ओआईसीले यस हमलाका दोषीहरूलाई अन्तर्राष्ट्रिय फौजदारी कानून अन्तर्गत जवाफदेही बनाउनुपर्ने र उनीहरूलाई कारबाही गर्नुपर्ने बताएको छ । रफाहमा इजरायली सेनाको आक्रमणलाई तुरुन्तै रोक्न अन्तर्राष्ट्रिय न्यायालयको आदेश कार्यान्वयन गर्न आफ्नो जिम्मेवारी पूरा गर्न अन्तर्राष्ट्रिय समुदाय विशेष गरी संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई ओआईसीले आह्वान पनि गरेको छ ।
आइतबार साँझ, इजरायली सेनाले गाजा पट्टीको दक्षिणी सहर रफाहमा विस्थापित प्यालेस्टिनीहरूको शिविरलाई निशाना बनाएर हवाई हमला गरेको थियो । सो आक्रमणमा ४५ प्यालेस्टाइनीको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको तलब प्रत्येक १५ दिनमा
-
उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण भएको एमालेको ठहर, देशव्यापी भण्डाफोर गर्ने निर्णय
-
तेस्रो बागमती प्रदेश खेलकुदमा काठमाडौँ प्रथम
-
ओलीको बिदाइ कांग्रेस शैलीमा होइन, विधिसम्मत र एकताबद्ध ढङ्गले गरौँ: कर्णालीका नेताहरूको सुझाव
-
समाचार हटाउन अदालतले दिएको आदेशप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
-
एकल उम्मेदवारी परेसँगै रास्वपा सभापतिमा लामिछाने सर्वसम्मत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण