रातोपाटीका समाचार सम्पादक सिग्देललाई प्रदेश युवा पत्रकारिता पुरस्कार
काठमाडौँ । बागमती प्रदेश सरकारले रातोपाटी डटकमका समाचार सम्पादक राजकुमार सिग्देललाई 'प्रदेश युवा पत्रकारिता पुरस्कार' प्रदान गरेको छ । गणतन्त्र दिवसको अवसरमा मंगलबार हेटौँडामा आयोजित एक विशेष समारोहका बिच नुवाकोटका सिग्देललाई सो पुरस्कार प्रदान गरिएको हो ।
बागमतीका प्रदेश प्रमुख यादव चन्द्र शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोहमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले उक्त पुरस्कार हस्तान्तरण गरे । पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ ।
विगत ११ वर्षयता रातोपाटीमा कार्यरत सिग्देल पछिल्लो २ वर्षदेखि समाचार सम्पादकको भूमिकामा छन् ।
समारोहमा अन्य ६ पत्रकारलाई पनि पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेहरुमा चितवनका ईश्वर जोशी, मकवानपुरकी सरिता दाहाल, पत्रकार महासंघ बागमतीका अध्यक्ष शिव देवकोटा (नुवाकोट), सिन्धुलीका बुद्ध नेपाली, रसुवाका हरि गजुरेल र दोलखाकी सृजना गोले रहेका छन् ।
कार्यक्रममा सहिद परिवारका ६५ जनालाई पनि सम्मान गरिएको थियो भने चलचित्र लेखन, निर्माण, निर्देशक ८ जना सम्मान गरिएको थियो । सो समारोहमा पूर्वमुख्यमन्त्री डोरमणि पौडेल र आन्तरिम मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठलगायतकाे सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण