एमाले र माओवादीका मन्त्रीले अझै छाडेनन् ‘मन्त्री निवास’
वीरगन्ज । मधेस प्रदेश सरकारबाट बाहिरिएका नेकपा एमाले र माओवादी केन्द्रका मन्त्रीहरूले अझ निवास छाडेका छैनन् ।
सरकारबाट बाहिरिएको १७ दिन भइसक्दा पनि एमाले र माओवादीका मन्त्रीहरूले मन्त्री क्वाटर खाली गरेका छैनन् ।
सरकारबाट बाहिरिएपछि मन्त्री निवास खाली गर्ने चलन हो । तर वैशाख ३० गते नै राजीनामा दिँदै सरकारबाट बाहिरिएका मन्त्रीहरू भने अझै मधेस भवन भित्रको मन्त्री निवासमै बसिरहेका छन् ।
मन्त्री निवास खाली नगर्ने मन्त्रीहरूमा एमालेका भौतिक मन्त्री बनेका सरोजकुमार यादव, गृह तथा सञ्चारमन्त्री राजकुमार लेखी, शिक्षा मन्त्री प्रमोद जयसवाल र माओवादी केन्द्रबाट उद्योग वाणिज्य तथा पर्यटन मन्त्री बनेका युवराज भट्टराई छन् ।
यी चारै जना मन्त्रीहरू अझ पनि मन्त्री निवासमै रहेको मुख्यमन्त्रीको कार्यालयले जानकारी दिएको छ ।
यता मन्त्री निवास खाली नगर्ने मन्त्रीहरूले भने मन्त्रालयको खर्च बचाउन आफूहरू निवास नछाडेको प्रतिक्रिया दिएका छन् ।
माओवादी केन्द्रबाट उद्योग वाणिज्य तथा पर्यटन मन्त्री बनेका युवराज भट्टराई भन्छन्,‘पुनः हाम्रै नेतृत्वमा सरकार बन्छ, त्यसबेला पनि हामी मन्त्री नै रहन्छौँ । अहिले निस्कियो भने पुनः आउँदा थप खर्च बढ्छ, त्यसकारण त्यो खर्च नबढोस् भनेर हामी निवासमा बसेका हौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभ्यासका क्रममा ग्रिनेड विस्फोटः एक सैनिकको मृत्यु, सहसेनानी घाइते
-
सुनसान देखिन थाल्यो रास्वपाको महाधिवेशनस्थल, तस्बिरहरू
-
खाँणका वकिलको जिकिर, ‘शरणार्थीको रेकर्ड व्यवस्थित गर्न खोज्दा राजद्रोह कसरी हुन्छ ?’
-
‘परीक्षा बोर्डको नतिजा प्रक्रियामा कुनै त्रुटि छैन, आन्दोलनरत विद्यार्थीमाथि दुर्व्यवहार नगर्नू’
-
रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा ३ हजार ८४९ मत खस्यो, १० जनाले गरेनन् मतदान
-
आफ्नै छोरीलाई जबरजस्ती करणी गरी शिशु गाड्ने बाबु इलामको फिक्कलबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण