गुल्मीको चन्द्रकोटमा कपडा बैंक स्थापना
बुटवल । गुल्मीको चन्द्रकोट गाउँपालिकामा कपडा बैंक स्थापना भएको छ । बिहीबार चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले कपडा बैंकको शुभारम्भ गरेका हुन् ।
कपडा बैंकमा सङ्कलित कपडाहरूलाई पुनः प्रशोधन (री–साइकल) गरी आवश्यकताका आधारमा वितरण गरिने छ । उद्योग वाणिज्य संघ शान्तिपुरको सहयोगमा स्थापना भएको कपडा बैंकमा पुराना कपडाहरू जम्मा गर्न सकिने छ ।
यसले गर्दा पर्यावरणमा पर्ने नकारात्मक असरलाई न्यूनीकरण गर्न सकिने उद्योग वाणिज्य संघ शान्तिपुरका अध्यक्ष तेजेन्द्र थापाले बताए ।
कपडा बैंकका सञ्चालक कमल जिसीले आफूले देशका विभिन्न ठाउँमा कपडा बैंक स्थापन गर्ने अभियान चलाएको बताए । उनले पछिल्लो ४ महिनाको अवधिमा सङ्कलित कपडा ७ सय घरपरिवारलाई वितरण गरिएको जानकारी दिए । क्लोथ एण्ड फुड बैङ्क नेपालले आगामी २०८२ सम्ममा देशैभर फुड एम्बुलेन्स समेत सञ्चालन गर्ने तयारी गरेको छ । हालसम्म १६० भन्दा बढी स्थानीय सरकार यो अभियानमा जोडिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महामन्त्रीमा गणेश कार्कीको उम्मेदवारी दर्ता
-
आइभरी कोस्ट पहिलो पटक विश्वकपको नकआउट चरणमा
-
४ पटकको विश्व विजेता जर्मनीलाई इक्वेडरको झट्का, हारका बाबजुद जर्मनी र आइभोरी कोस्ट अन्तिम ३२ मा
-
इक्वेडरको सनसनीपूर्ण पुनरागमन: ७७औँ मिनेटमा गोल गर्दै जर्मनीविरुद्ध २–१ को अग्रता
-
पदाधिकारीका लागि आज चुनावी प्रतिस्पर्धा, यस्तो छ ‘हेभिवेट’ उम्मेदवारहरूको दाबेदारी
-
रवि लामिछाने मध्यरातमा महाधिवेशन स्थलमा, आकांक्षीहरुसँग छलफल (फोटो फिचर)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण