गुल्मीको चन्द्रकोटमा कपडा बैंक स्थापना

बुटवल । गुल्मीको चन्द्रकोट गाउँपालिकामा कपडा बैंक स्थापना भएको छ । बिहीबार चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले कपडा बैंकको शुभारम्भ गरेका हुन् ।
कपडा बैंकमा सङ्कलित कपडाहरूलाई पुनः प्रशोधन (री–साइकल) गरी आवश्यकताका आधारमा वितरण गरिने छ । उद्योग वाणिज्य संघ शान्तिपुरको सहयोगमा स्थापना भएको कपडा बैंकमा पुराना कपडाहरू जम्मा गर्न सकिने छ ।
यसले गर्दा पर्यावरणमा पर्ने नकारात्मक असरलाई न्यूनीकरण गर्न सकिने उद्योग वाणिज्य संघ शान्तिपुरका अध्यक्ष तेजेन्द्र थापाले बताए ।
कपडा बैंकका सञ्चालक कमल जिसीले आफूले देशका विभिन्न ठाउँमा कपडा बैंक स्थापन गर्ने अभियान चलाएको बताए । उनले पछिल्लो ४ महिनाको अवधिमा सङ्कलित कपडा ७ सय घरपरिवारलाई वितरण गरिएको जानकारी दिए । क्लोथ एण्ड फुड बैङ्क नेपालले आगामी २०८२ सम्ममा देशैभर फुड एम्बुलेन्स समेत सञ्चालन गर्ने तयारी गरेको छ । हालसम्म १६० भन्दा बढी स्थानीय सरकार यो अभियानमा जोडिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भवन जीर्ण हुँदा बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई समस्या
-
आकाशबाट यस्तो देखियो बलम्बु फ्लाइओभर
-
यातायात कार्यालय बाराद्वारा १० महिनामा आठ करोड २१ लाख राजस्व सङ्कलन
-
त्रिपन्न लाखभन्दा बढीमा बागवानीको आँप ठेक्कामा
-
क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया
-
विवादास्पाद खेलबिच भिल्लाले गुमायो च्याम्पियन्स लिग स्थान