हावाहुरीले कास्कीमा घरका छाना उडायो
बिहीबार, १७ जेठ २०८१, २० : ३९

पोखरा । बिहीबार आएको हावाहुरीका कारण कास्कीको रुपामा घरका छाना उडाएको छ ।
वडा नम्बर २ स्थित माझकोट लगायत ठाउँमा घरका छाना उडाएको वडाध्यक्ष राजन सुवेदीले जानकारी दिए । उनका अनुसार क्षतिको विवरण संकलन भैसकेको छैन ।
‘क्षतिको विवरण लिइरहेका छौँ । ५ वटा घरमा छाना उडाएको भन्ने खबर छ,’ उनले भने, ‘अन्यत्र पनि यस्तो भएको हुन सक्छ । कसैको टौवा नै उडाइदिएको छ ।’ यस्तै, कास्कीका पूर्वी क्षेत्रमा मकैवालीको निकै धेरै क्षति भएको छ ।
‘किसानले लगाएका मकै सखाप छ । अन्य वाली पनि सकुशल छैन,’ उनले भने । पोखरामा बिहीबार हावाहुरी सहित ठुलो वर्षा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार