अभ्यास खेलमा अफगानिस्तान विजयी
पोर्ट अफ स्पेन । आईसीसी टी–२० विश्वकपअघि खेलिएको अभ्यास खेलमा अफगानिस्तानले स्कटल्याण्डलाई सजिलै पराजित गरेको छ । शुक्रबार भएको खेलमा अफगानिस्तान ५५ रनले विजयी बनेको हो ।
अफगानिस्तानले प्रस्तुत गरेको १ सय ७९ रनको लक्ष्य पछ्याउने क्रममा स्कटल्याण्डले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २३ रन मात्र बनाउन सक्यो । स्कटल्याण्डका लागि मार्क वाटले सर्वाधिक ३५ रन बनाए । उनले २५ बलमा ४ चौका र १ छक्का हिर्काए ।
जर्ज मुन्सेले १८ बलमा २८ रन जोडे । त्यस्तै, क्रिस ग्रिभ्सले १० रन र क्रिस सोलले १२ रन बनाउनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । अफगानिस्तानका लागि मुजिब उर रहमान र करिम जनतले २–२ विकेट हात पारे ।
यसअघि गुलाबदिन नइबको अर्धशतकीय इनिङ्सको मद्दतले अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७८ रन बनाएको थियो । नइबले मात्र ३० बलमा ६९ रनको विस्फोटक इनिङ्स खेले । उनले ५ चौका र ६ छक्का हिर्काए ।
त्यस्तै, अजमतुल्लाह ओमरजायीले ३६ बलमा ४८ रनको योगदान दिए । स्कटल्याण्डका लागि क्रिस सोलले ३ तथा ब्राड्ली करीले २ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेल ट्याङ्करमाथि आक्रमण गरेको हुथीको दाबी
-
कर्णालीमा नेकपाले मुख्यमन्त्री कँडेलविरुद्ध दर्ता गराएको अविश्वासको पक्षमा मतदान गर्ने
-
गणतन्त्रका उपलब्धिविरुद्ध प्रतिक्रान्तिको हावा चलेको छ : प्रचण्ड
-
कम्युनिस्ट र लोकतान्त्रिक शक्तिबिचको सहकार्य नै परिवर्तनको आधार : केपी शर्मा ओली
-
मधेस प्रदेशका ३४ स्थानीय तहमा करदाता सेवा विस्तार
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण