बुटवलमा सहकारीले निर्माण गर्यो चार्जिङ स्टेसन
बुटवल । विद्युतीय सवारीको प्रयोग बढेसँगै बुटवलको एक बहुउद्देश्यीय सहकारीले विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण गरिरहेको छ । बुटवलको इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्थाले चार्जिङ स्टेसन सञ्चालनमा ल्याउने भएको हो ।
उक्त सहकारीले आफ्नै भवन परिसरमा अत्याधुनिक मेशिन जडित ‘फास्ट चार्ज’ सहितको स्टेसन सञ्चालनमा ल्याउन लागेको सहकारीका अध्यक्ष कृष्णप्रसाद अर्यालले बताए । उनका अनुसार अहिले स्टेसनको काम भैरहेको छ ।
पूर्व–पश्चिम राजमार्गदेखि ३० मिटर दुरीमा स्थापना गर्न लागिएको चार्जिङ स्टेसनबाट दैनिक ९० बढी सवारीका साधनलाई सेवा उपलब्ध गराउन सकिने बताइएको छ ।
नेपाल विद्युत् प्राधिकरणको प्राविधिक सहयोगमा सञ्चालन गरिने यो स्टेसनमा मानवरहित सेवा उपलब्ध गराइने छ भने सेवाग्राहीले अनलाइन भुक्तानी गर्न सक्नेछन् ।
सो स्टेसनमा आधुनिक सफ्टवेयरमार्फत सञ्चालन भई अनलाइन माध्यमबाट रकम भुक्तानीको सुविधासहित ६० किलोवाट क्षमताको सीसीएस ९२ डबल गनको मेशिन तथा ६० किलोवाटकै जीबीटी डबल गन सहितका २ वटा मेशिन जडान हुँदैछन् । जहाँ एकसाथ ६ वटा सवारीले सेवा लिन मिल्ने गरी आधा घण्टादेखि १ घण्टाभित्रमा फूल चार्ज हुनसक्छ ।
स्टेसनमा बुटवल–गुल्मी सडक खण्डमा सञ्चालन हुँदै आएका १३ वटा सवारीका लागि सम्झौता भइसकेको छ भने बुटवलका अन्य सवारी धनीहरूसँग पनि सम्झौताका लागि प्रक्रिया अघि बढेको सहकारीकी उपाध्यक्ष माया गौतमले जानकारी दिइन् ।
स्टेसन सञ्चालनका लागि विद्युत् प्राधिकरणले २ सय केभीको छुट्टै ट्रान्सफर्मर जडान गरेर सहयोग गरेको बताउँदै उनले मापदण्डअनुसार स्नान कक्ष, शौचालय, आराम कक्ष तथा चमेना गृहलगायतका संरचना निर्माण गर्न करिब १ करोड लगानी गरिएको बताइन् ।
बुटवल बसपार्कमा प्राधिकरणले चार्जिङ स्टेसन निर्माण गरिसकेको छ भने अहिले बन्न लागेको निजी क्षेत्रको पहिलो चार्जिङ स्टेसन हो । (
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महामन्त्रीको दौडबाट पछि हटे शिशिर खनाल
-
रास्वपा महामन्त्रीमा गणेश कार्कीको उम्मेदवारी दर्ता
-
आइभरी कोस्ट पहिलो पटक विश्वकपको नकआउट चरणमा
-
४ पटकको विश्व विजेता जर्मनीलाई इक्वेडरको झट्का, हारका बाबजुद जर्मनी र आइभोरी कोस्ट अन्तिम ३२ मा
-
इक्वेडरको सनसनीपूर्ण पुनरागमन: ७७औँ मिनेटमा गोल गर्दै जर्मनीविरुद्ध २–१ को अग्रता
-
पदाधिकारीका लागि आज चुनावी प्रतिस्पर्धा, यस्तो छ ‘हेभिवेट’ उम्मेदवारहरूको दाबेदारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण