अब्दुल खानको प्रश्न : कहिलेसम्म बर्दिया जिल्ला अस्पतालको भुईंमा बिरामीको उपचार गर्ने ?
आइतबार, २० जेठ २०८१, ११ : ५१
काठमाडौँ । जनमत पार्टीका सांसद अब्दुल खानले बर्दिया जिल्ला अस्पतालमा बिरामीको अत्यधिक चापका कारण आकस्मिक कक्षमा बिरामीलाई उपचार गर्ने ठाउँ नभएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद खानले अस्पतालको भुँइमा राखेर बिरामीको उपचार गर्ने काम भइरहेको बताउँदै त्यसको समाधानका लागि सरकारको ध्यानाकर्षण गराए ।
उनले गर्मीका कारण देशभरको जनजीवन अस्तव्यस्त रहेको बताउँदै बाँके र बर्दियामा अत्यधिक गर्मीका कारणले विद्युत्काे अत्यधिक कटौती हुँदा पङ्खा, एसी चलाउन समेत नपाउँदा जनता धेरै पीडित रहेको बताए । उनले विद्युत नियमित गर्नका लागि विद्युत् प्राधिकरणलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण