कप्तान रोहितले भने– उच्च मनोबलका साथ विजयको ताज पहिरिने प्रयास हुनेछ
काठमाडौँ । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले उच्च मनोबलका साथ विजयको ताज पहिरिने प्रयास हुने बताएका छन् । आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न अमेरिकामा रहेका रोहितले आइतबार सामाजिक सञ्जालमार्फत विश्वकपमा राष्ट्रको झण्डा काँधमा बोकेर उच्च मनोबलका साथ विजयको ताज पहिरिने सदैव आफ्नो प्रयास हुने बताएका हुन् ।
उनले लेखेका छन्,‘दश वर्षको पर्खाइपछि नेपाल राष्ट्रको सपना साकार पार्दै दोस्रोपटक टी–२० विश्वकप क्रिकेटमा सहभागी हुँदैछौँ । अमेरिका र वेस्ट इन्डिजमा हुने यस प्रतियोगितामा छनौट हुन र सुखद नतिजा ल्याउन निरन्तर हौसला प्रदान गर्नुहुने तपाईँ सबै क्रिकेट प्रेमी दर्शक, कोच, क्यान तथा हामीलाई माया गर्नुहुने सबैजना हाम्रो प्रेरणाका श्रोत हुनुहुन्छ । राष्ट्रको झण्डा काँधमा बोकेर उच्च मनोबलका साथ विजयको ताज पहिरिने सदैव हाम्रो प्रयास हुनेछ । सधैँजस्तो यसपटक पनि तपाईँहरू सबैको निरन्तर माया र हौसलाको अपेक्षा गर्दछौँ !’
आइतबारदेखि सुरु भएको विश्वकपमा नेपालको खेल जुन ४ मा नेदरल्याण्डसँग रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण