माधव नेपालले बोलाए सचिवालय बैठक
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सचिवालय बैठक बोलाएका छन् । सोमबार दिउँसो साढे १२ बजे बस्नेरी सचिवालय बैठक बोलाएको उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिएका हुन् ।
उनका अनुसार सचिवालय बैठकमा महाधिवेशनको तयारी लगायत समसामयिक विषयमा छलफल हुनेछ । सचिवालय बैठकले सम्भवतः आजै मधेस प्रदेशका मन्त्रीहरू फिर्ता बोलाउनेछ ।
मधेसका मुख्यमन्त्री सरोज यादव अल्पमतमा परेपछि त्यहाँ नयाँ सरकार गठनको तयारी छ । नयाँ सरकार जनमत पार्टीको नेतृत्वमा गठन गर्ने सत्तारुढ दलको तयारी छ । मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिँदैछन् ।
त्यसअघि नै एमाले, माओवादी, जसपा, जनमत लगायतका दलले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखको ध्यानाकर्षण गराउने तयारी गरेका छन् । त्यसका लागि एकीकृत समाजवादीलाई सरकारबाट फिर्ता हुन एमाले माओवादीले आग्रह गरिरहेका छन् ।
तर एकीकृत समाजवादीले नयाँ सरकार गठन गर्दा आफ्नो सम्मानजनक उपस्थितिको सुनिश्चितता खोजिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण