आदीवासी महासंघ कप : नेफएमले मनमैजु क्लबलाई ४—० ले हरायो
पोर्चुगल । नेपाल आदीवासी महासंघ पोर्चुगल फुटबल कपको उपाधि नेफएम फुटबल क्लबले जितेको छ । बुद्धजयन्तीको अवसर पारेर पोर्चुगलको लिस्वनमा भएको खेलमा मनमैजु फुटबल क्लबलाई हराउँदै नेफएम फुटबल क्लबले उपाधि जितेको हो ।
ओलाइसको भिक्टोरीया फुटबल ग्राउण्डमा २० वटा नेपाली फुटबल क्लब सहभागी भएका थिए । फाइनल खेलमा ४—० ले हराउँदै नेफएमले उपाधि जितेको थियो ।
उपाधिसँगै टफी मेडल र ३ हजार यूरो करिब साढे ४ लाख नेपाली रुपैयाँ राशि पनि हात पारेको थियो । उपविजेता भएको मनमैजु क्लबले टफी, मेडल र १ हजार ५ सय यूरो करिब सवा २ लाख नेपाली रुपैयाँ हात पारेको थियो ।
महासंघले आगामी वर्षमा पनि बुद्धजयन्तीको अवसरमा फुटबल प्रतियोगितालाई अगाडि बढाउने जनाएको छ । ‘हामी यो प्रतियोगिता बुद्धजयन्तीको अवसर पारेर हरेक वर्ष फुटबल प्रतियोगिताको आयोजन गर्ने छौँ । यो पहिलो प्रतियोगिता हो,’ अध्यक्षले कुमार मगरले भने ।
नेपालीहरूलाई विदेशमा एकताबद्ध गर्नका लागि फुटबल खेलको आयोजना गरिएको थियो । यस्ता खेलले नेपालीहरूलाई विदेशमा पनि हौसला प्रदान गर्ने एनआरएन अध्यक्ष उमेश खड्काले बताए ।
‘यस्ता खेलले नेपालीहरूलाई एकताबद्ध गर्न मदत गर्न यस्ता खेलहरू आगामी दिनमा पनि सञ्चालन हुनुपर्छ,’ अध्यक्ष खड्काले भने । उनले नेपालीहरूलाई जोड्नका लागि यस्तो प्रतियोगिताहरू धेरै हुनुपर्नेमा जोड दिएका थिए ।
पोर्चुगलमा पछिल्लो समयमा औपचारिकरुपमा आबद्ध फुटबल क्लबहरू बढिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण