खेलाडीलाई शुभकामना दिँदै पारसले भने–हाम्रो टोलीले विश्वसामु नेपालको नामलाई पुनः शिखरमा पुर्याउने विश्वास छ
काठमाडौँ । नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले विश्वकपको मैदानमा नेपाली टोलीलाई देख्दै गर्दा हजारौँ युवा र बालबालिकाहरूलाई क्रिकेटको ब्याट र बल बोक्ने उत्साह बढ्ने बताएका छन् ।
नेपालले मङ्गलवार नेपालल्याण्डसविरुद्ध आफ्नो पहिलो खेल खेल्नुअघि खेलाडीहरूलाई सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै पारसले टोलीले विश्वसामु नेपालको नामलाई पुनः शिखरमा पुर्याउने विश्वास लिएका छन् ।
उनले एक दशक लामो समय अन्तराल पश्चात् नेपाली क्रिकेट टोली विश्वकपको मञ्चमा चन्द्रसूर्य ध्वजा सहित उत्रिने उल्लेख गरेका छन् ।
सन् २०१४ मा बङ्गलादेशमा पहिलो पटक टी–२० विश्वकप खेल्न नेपाली टोली मैदान प्रवेश गर्दैगर्दाको त्यो पल सिङ्गो देशकै लागि गौरवशाली रहेको पनि पारसले स्मरण गरेका छन् ।
‘एक दशकको आरोह अवरोहहरू बिच आज राष्ट्रिय क्रिकेट टोलीले जुन उचाइ हासिल गरेको छ यो सिङ्गो राष्ट्रका लागि प्रेरणादायी कथा हो’, पारसको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण