नुहाउने क्रममा करेन्ट लागेर मृत्यु
मङ्गलबार, २२ जेठ २०८१, १३ : ०३
बर्दिया । नुहाउने क्रममा करेन्ट लागेर एक जना किशोरको मृत्यु भएको छ । मधुबन नगरपालिका-७ भन्सार टोल बस्ने मनोज कर्णको छोरा १४ वर्षीय आयुश कर्णको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको हो ।
आफ्नै घर पछाडि रहेको सिँचाइ गर्नको लागि बनाएको बोरिङमा मोटर जडान गरी नुहाउने क्रममा अचानक करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । उनको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण