एमाले रुपन्देहीको १० औँ अधिवेशन ८५३ प्रतिनिधि
बुटवल । नेपाल कम्युनिस्ट पार्टी एमाले जिल्ला कमिटी रुपन्देहीको १० औँ जिल्ला अधिवेशन बुधवारदेखि भैरहवामा हुने भएको छ ।
दुई दिनसम्म सञ्चालन हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको एमाले प्रचार समितिले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
अधिवेशनमा पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपाध्यक्ष विष्णुप्रसाद पौडेल, सचिव छविलाल विश्वकर्मा, सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याल, जिल्ला इन्चार्ज दलबहादुर राना, पोलिटब्युरो सदस्यहरू लीला गिरी, दधिराम न्यौपाने, खिमलाल भट्टराई लगायत विभिन्न तहका नेताहरूको उपस्थिति रहने प्रचार विभाग प्रमुख हितराज पन्थीले जानकारी दिए ।
जिल्लाको १६ पालिकाका १५५ वडा, २३ जनसङ्गठनबाट र आयोजक कमिटीबाट चयन भएका कुल ८५३ जना प्रतिनिधि अधिवेशनमा सहभागी हुने छन् ।
एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले पार्टीलाई नेतृत्व सर्वसम्मत बनाउने प्रयास हुने बताए । उनले रुपन्देहीमा अधिकांश अधिवेशनमा पार्टीको सर्वसम्मत भएको उल्लेख गर्ने यो अधिवेशनमा बजार आएका नामबाट नै सर्वसम्मत हुने सम्भावना धेरै रहेको बताए ।
रुपन्देही अध्यक्षमा हालका अध्यक्ष तेजेन्द्र के.सी. सचिव यज्ञ पोखरेल, सैनासैना नगरपालिका पूर्व मेयर चित्र बहादुर केसीले दाबी गरेका छन् । तर नेतृत्व सर्वसम्मत बनाउन पहल हुने जिल्लास्तरका नेताहरू बताउँछन् ।
रुपन्देहीमा एमालेका १७ हजार ९८ पार्टी सदस्य सङ्गठित रहेको दाबी गरिएको छ ।
भैरहवामा आयोजना हुने अधिवेशनमा प्रतिनिधिसहित उद्घाटन सत्रमा ३ हजार ५ सय भन्दा बढीको उपस्थिति रहने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण