नेदरल्यान्ड्सविरुद्धको खेलअघि सन्दीपले दिए नेपाली टोलीलाई शुभकामना
_3OJdqX1yCp.jpg)
काठमाडौँ । अमेरिकाले भिषा (प्रवेशाज्ञा) दिन अस्वीकार गरेपछि विश्वकप खेल्नबाट बञ्चित भएका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले नेदरल्यान्डविरुद्धको खेलअघि नेपाली टोलीलाई सफलताको शुभकामना दिएका छन् ।
टी–२० विश्वकपको नवौँ संस्करणमा नेपालले मंगलबार राति नेदरल्यान्ड्सको सामना गर्दैछ । उक्त खेल नेपाली समयअनुसार, राति २१ः१५ बजे सुरु हुनेछ । अमेरिकामा नेपाल र नेदरल्यान्ड्सबिचको खेल सुरु हुनुभन्दा करिब चार घन्टाअघि सन्दीपले सामाजिक सञ्जाल फेसबुकमार्फत टोलीलाई सफलताको शुभकामना दिएका हुन् ।
उनले विश्वकप यात्रामा होमिएका नेपाली खेलाडीलाई सफलताको शुभकामना दिँदै भनेका छन्, ‘उत्कृष्ट प्रदर्शनका लागि मेरो शुभकामना छ । प्रतियोगितामा तपाइँहरु उत्कृष्ट प्रदर्शन गर्नुहोस् । नेपालको गौरव बढाउनुस् । जय नेपाल ।’
सन्दीपलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतले दोषी ठहर गरेको थियो । त्यसपछि उनी पुनरावेदन लिएर उच्च अदालत पाटन पुगेका थिए । उच्च अदालतले भने सन्दीप निर्दोष रहेको निर्णय सुनाएको थियो ।
त्यसपछि सरकार र नेपाल क्रिकेट संघले सन्दीपलाई विश्वकप खेल्न अमेरिका र वेस्ट इन्डिज पठाउने तयारी अगाडि बढाएका थियो । तर, अमेरिकाले दुईपटकसम्म सन्दीपलाई भिषा दिन अस्वीकार गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवीन्द्र मिश्रलाई सर्वोच्चमा हाजिर गराइयाे, शुक्रबार पेसी
-
कर्णालीका मुख्यमन्त्री भन्छन्- बिमा कम्पनी सहर केन्द्रित भए,गाउँ बस्तीमा विस्तार गर्नुहोस्
-
चलचित्र विकास बोर्डको सदस्यमा भट्ट नियुक्त
-
तीनकुने घटना : आपराधिक उपद्रवमा संलग्नलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
-
सांसद पत्नी अन्जला जोडिएको मुद्दामा सक्कल मिसिल झिकाउने आदेश
-
वाईसीएलको कर्णाली प्रदेश अध्यक्षमा शर्मा पक्षधर ओली चयन