‘राष्ट्रिय सतर्कता केन्द्रलाई प्रधानमन्त्री मातहत राख्नुहुन्न’
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका राष्ट्रिय सभाका सांसद जितजंग बस्नेतले राष्ट्रिय सतर्कता केन्द्रलाई प्रधानमन्त्री मातहत राख्न नहुने बताएका छन् । बुधबार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
सांसद बस्नेतले राष्ट्रिय सतर्कता केन्द्रले प्रधानमन्त्रीको दबाब झेल्नुपर्ने हुनाले भ्रष्टाचार निवारणको क्षेत्रमा काम गर्न नसकेको जिकिर पनि गरे । उनले सो केन्द्रलाई स्वतन्त्र भूमिकामा नल्याएसम्म उसले काम गर्न नसक्नेतर्फ पनि सरकारलाई सचेत गराए ।
कांग्रेसका अर्का सांसद कृष्णप्रसाद पौडेलले सो केन्द्र निरीह भएकाले त्यसलाई राजनीतिक दबाबमुक्त हुनेगरी कानुनी व्यवस्था गर्नुपर्ने बताए । उनले सो केन्द्रजस्ता भ्रष्टाचार निवारणको क्षेत्रमा कार्यरत निकायहरुलाई स्रोत, साधन र जनशक्तिको अभाव हुन नदिन पनि सरकारलाई सचेत गराए ।
यता सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसद विष्णुबहादुर विश्वकर्माले पनि मुलुकमा सुशासन कायम गर्नका लागि कर्मचारीहरू बढी जिम्मेवार हुनुपर्ने आवश्यकता औँल्याए । उनले देश र जनताको पक्षमा काम गर्ने कर्तव्यवोधका साथ कर्मचारीले काम गरे मुलुकमा सुशासनको प्रवर्द्धनमा महत्त्वपूर्ण काम हुने बताए ।
सांसद विश्वकर्माले मुलुकलाई सुशासन र समृद्धिको बाटोमा अघि बढाउन राजनीतिक नेतृत्व र कर्मचारीले मिलेर काम गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्षयरोगका कारण प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
-
नायरा बनर्जीको बोल्ड अवतार, फ्यानहरुले भने– 'इन्टरनेटमा आगो लगाइन्'
-
अण्डाकार चित्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण