फिल्म निर्देशक सुदर्शन थापा रिहा
बुधबार, २३ जेठ २०८१, २२ : २४
काठमाडौँ । गत सोमबार पक्राउ परेका निर्देशक सुदर्शन थापा रिहा भएका छन् । बुधबार काठमाडौँ जिल्ला अदालतले जिम्मा जमानतमा रिहा गर्न आदेश दिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।
थापा फिल्म ‘प्रसाद २’ को आर्थिक लेनदेनबारेको मुद्दामा पक्राउ परेका थिए । पक्राउपछि उनलाई बौद्ध प्रहरी वृत्तमा राखिएको थियो ।
आफूहरुको मञ्जुरीबिना फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० लाख रुपैयाँ ठगी गरेको भन्दै निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले गत साउन १० गते जिल्ला प्रहरी परिसर, काठमाडौंमा ठगी तथा आपराधिक विश्वासघातको जाहेरी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण