स्टोइनिसको अलराउन्ड प्रदर्शन, ओमानलाई सजिलै हरायो अस्ट्रेलियाले
ब्रिजटाउन । टी–२० विश्वकपमा समूह बी अन्तरगत आफ्नो पहिलो खेलमा अस्ट्रेलियाले ओमानलाई ३९ रनले पराजित गरेको छ । १ सय ६५ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाएर १ सय २५ रन मात्र बनाउन सक्यो ।
ओमानका लागि आयान खानले सर्वाधिक ३६ रन बनाए । उनले ३० बलमा २ चौका र २ छक्का हिर्काए । त्यस्तै, मेहरान खानले १६ बलमा २७ रन जोडे । उनले १ चौका र दुई छक्का प्रहार गरे ।

कप्तान अकिब इलियासले १८ बलमा १८ रनको योगदान दिए । उनले २ चौका र १ छक्का प्रहार गरे । शकिल अहमदले १० बलमा ११ रन जोडे ।
खेलमा अलराउन्ड प्रदर्शन गरेका मार्कस स्टोइनिसले ३ विकेट लिए । उनले ३ ओभर बलिङ गर्दै मात्र १९ रन खर्चिए । टी-२० अन्तर्राष्ट्रिय खेलमा अर्धशतक र तीन विकेट लिने मात्र तेस्रो खेलाडी बने ।

नाथन इलिस, एडम जाम्पा र मिचेल स्टार्कले २–२ विकेट हात पारे । जाम्पाले टी-२० क्रिकेटमा ३ सय विकेट पूरा गरेका छन् ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको थियो । टोलीका लागि ओपनर डेभिड वार्नर र मार्कस स्टोइनिसले अर्धशतकीय इनिङ्स खेले ।
स्टोइनिसले विस्फोटक इनिङ्स खेल्दै मात्र ३६ बलमा ६७ रन जोडे । उनले यस क्रममा २ चौका र ६ छक्का प्रहार गरे ।

त्यस्तै, भेटरान खेलाडी वार्नरले ५१ बलमा ५६ रनको योगदान दिए । उनले ६ चौका र १ छक्का हिर्काए ।
कप्तान मिचेल मार्सले २१ बलमा १४ रन तथा ट्राभिस हेडले १० बलमा १२ रन बनाए । ओमानका लागि मेहरान खानले २ तथा बिलाल खान र कलिमुल्लाहले १–१ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण