प्रधानमन्त्रीले समाजवादी मोर्चा पोलेर खाइसके : उपेन्द्र यादव
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले माओवादी केन्द्रसहितको ४ दलीय समाजवादी मोर्चाको औचित्य समाप्त भएको बताएका छन् । दल विभाजनपश्चात् सरकारबाट बाहिरिएका यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आक्रोशित हुँदै मोर्चाको औचित्य समाप्त भएको बताएका हुन् ।
‘समाजवादी मोर्चा प्रधानमन्त्रीले पोलेर खाइहाले नि । मोर्चा भए नि सहभागी हुने । मोर्चा नै सिध्याएपछि सहभागीको औचित्य छैन’, बिहीबार रातोपाटीसँग यादवले भने ।
सत्ता समीकरण फेरिएपछि यादव वर्तमान सरकारमा उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री थिए । उनी अमेरिका र कतार भ्रमण रहेकै बेला जसपा नेपालका सङ्घीय परिषद्का अध्यक्ष अशोक राई समूहले वैशाख २३ गते पार्टी विभाजन गरेका थिए । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीको योजनामा पार्टी विभाजन भएको उनको आरोप छ । सरकारबाट बाहिरिएपछि मोर्चाका संयोजक नेत्रविक्रम चन्द विप्लवले बुधबार यादवसँग छलफल गरेका थिए । भेटवार्तामा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण