८४ मा कांग्रेस एक्लै चुनाव लड्छ, बहुमतको सरकार बनाउँछ : विमलेन्द्र निधि
सुर्खेत । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्र वितृष्णा पैदा भएको बताएका छन् । पार्टीभित्रको असन्तुष्टि र असहमतिलाई सहज बनाउनका लागि देशभर नै छलफल र भेटघाटको काम अघि बढाइएको बताए।
आज बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, 'पार्टीभित्रको समस्याहरू समाधान गरिनुपर्छ भनेर म कर्णालीमा आएको हुँ ।' उनले पार्टीभित्र गुटबन्दीको व्यवस्थापन विचारको आधारमा समाधान गर्नुपर्ने बताए । 'विचार केन्द्रित राजनीति गर्न आवश्यक छ,' उनले भने, 'त्यसो गरेको खण्डमा समाधान हुन्छ।'
पार्टीभित्रका समस्या समाधान गर्दै ०८४ को चुनावमा कांग्रेस एक्लै चुनाव लड्ने र बहुमतको सरकार बनाउने गरी अग्रसर हुने बताए । निधिले अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको कारण राष्ट्रिय राजनीतिमा समस्यालाई आइरहेको बताए ।
यसअघि चुनावमा माओवादीसँग गठबन्धन गरेर गए पनि त्यो टिक्न नसकेको उनले बताए। पहिलो चरणमा प्रचण्ड, त्यसपछि माधव नेपाल र अन्तिममा शेरबहादुर देउवा प्रधानमन्त्री हुने सहमति भए पनि प्रधानमन्त्री प्रचण्ड त्यसमा टिक्न नसक्दा गठबन्धन टुटेको उनको भनाइ छ।
निधि कर्णालीको जिल्लाहरूमा जाने र पार्टीका नेता तथा कार्यकर्ताहरूसँग भेटघाट गर्न कर्णालीमा आएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण