आरबीआईले आठौँपटक पनि गरेन रिपो दरमा हेरफेर
शुक्रबार, २५ जेठ २०८१, ११ : ४२
नयाँ दिल्ली । भारतीय केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया’ (आरबीआई)ले रिपो दर यथावत् राखेको छ । लोकसभा निर्वाचन सम्पन्न भएपछिको पहिलो मौद्रिक नीति समीक्षामा आरबीआईले रिपो दरलाई ६ दशमलव ५ प्रतिशतमा यथावत् राखेको छ ।
आरबीआईले सन् २०२२ मा रिपो दर बढाउन थालेको थियो । अहिलेसम्म आठपटक रिपो दर यथावत् राख्नुअघि यो दर २५० आधार बिन्दुले बढाइएको थियो ।
अझै पनि आरबीआई सामु मुद्रास्फीति दर चुनौतीपूर्ण छ । खुद्रा मुद्रास्फीति घट्ने सङ्केत देखिएको भए पनि खाद्य मुद्रास्फीति उच्च नै छ । अहिले मनसुनको चुनौती पनि कायमै छ ।
तर, आरबीआईका गभर्नर शक्तिकान्त दासले मनसुन राम्रो हुने सम्भावना रहेको बताएका छन् । आर्थिक वृद्धिदर पनि राम्रो रहेको आरबीआईले बताएको छ । आर्थिक वर्ष २०२३–२४ मा भारतीय अर्थतन्त्र ८ दशमलव २ प्रतिशतले बढेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड
-
पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात
-
कोलम्बिया र कङ्गोबिच प्रतिस्पर्धा सुरु, जितको खोजीमा दुवै टोली
-
रास्वपामा ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी, मतदान प्रक्रियामा ढिलाइ हुने
-
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
-
सुदूरपश्चिमका दुर्गम बस्तीमा कहिले सडक पुर्याउला सरकारले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण