नेपाल पशु चिकित्सा परिषद्ले पायो अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र
काठमाडौँ । नेपाल पशु चिकित्सा परिषद्ले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र आईएसओ ९००१ः२०१५ प्राप्त गरेको छ ।
परिषद्ले व्यवस्थापकीय राम्रो भएको आधारमा आइएसओ ९००१ः२०१५ गुणस्तरको अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त गर्न सफल भएको हो ।
परिषद्का रजिस्ट्रार डा. मनोज कुमार शाहीले कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत पहिलो र सार्वजनिक संस्थानहरूमध्ये पनि पहिलो आइएसओ ९००१ः२०१५ प्राप्त गरेको बताए । ‘हामीले व्यवस्थापकीय पक्षमा आइएसओ प्राप्त गरेका छौँ,’ उनले भने, ‘सार्वजनिक निकायमा पनि राम्रो सेवा सुविधा, पारदर्शिता, जबदेहिता हुन्छ भनेर यसले प्रमाणित गरेको छ, हामी थप सार्वजनिक निकायमा नमुनाको रुपामा काम गर्ने कोशिस गर्दै छौँ ।’
आईएसओ प्राप्त भएसँगै परिषद्को नागरिक पत्र मार्फत दिइने सबै सेवाहरू र कार्यालय व्यवस्थापन एक अन्तर्राष्ट्रिय स्तरको भएको प्रमाणित भएको छ ।
नेपाल पशु चिकित्सा परिषद्ले विशेष गरी नेपालका पशु चिकित्सकहरूको लाइसेन्सिङ परीक्षा लिने, नाम दर्ता गर्ने, भेटेरिनरी पढाई हुने शैक्षिक संस्थाको नियमन गर्ने, पशु चिकित्सकहरूको क्षमता विकासका लागि निरन्तर शिक्षा तथा तालिम प्रदान गर्ने, भेटेरिनरी सेवाको गुणस्तरका लागि जनशक्तिहरूको आचारसंहिता कार्यान्वयन गर्ने लगायतका कार्य गर्दै आएको छ ।
पछिल्लो समय आधुनिकतालाई मध्यनजर गर्दै परिषद् पूर्णरुपमा ‘डिजिटलाइज’ भएको छ शाहीले बताए । ‘सबै सेवाग्राहीहरुले आफू बसेको ठाउँबाटै द्रुत गतिमा सबै सेवा लिने प्रणालीको विकास भएको छ,’ उनले भने ।
विद्युतीय प्रविधिबाट परिषद्ले करिब ७ करोड भन्दा बढी ‘पब्लिकेसनको ई–लाइब्रेरी एक्सेस’ दिइएको शाहीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु
-
लागुऔषध नियन्त्रण ऐनमा सशस्त्र प्रहरीको भूमिका स्पष्ट हुनुपर्छ: आईजीपी पौडेल
-
मनिष झाको रविलाई आग्रह : गुटबन्दी गर्नेलाई कारबाही गर्नुस्
-
लागुऔषध दुर्व्यसनीलाई अपराधी होइन, बिरामीका रूपमा हेरिने
-
भूकम्प गएको साढे दुई वर्षसम्म पुनर्निर्माण सुरु भएन, बजेट भाषणमा गफ मात्रै भयो : रोकाया
-
‘बाहुबली ३’ आउने चर्चा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण